Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सपिङ जान नदिएपछि सिमामा एक घण्टा आवगमन ठप्प (फाेटाे सहित)


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७७ शनिवार
  • 646
    SHARES

सपिङ जान नदिएपछि सिमामा एक घण्टा आवगमन ठप्प (फाेटाे सहित)

भैरहवा। बेलहियामा सुनाैली सपिङ जान नदिएपछि नेपालीले एक घण्टा नेपाल भारत आवगमन ठप्प पारेका छन । एसएसबीले नागरिकलाई भारत जान रोक लगाएको भन्दै दशगजामा प्र्रदर्शन गरेर आवजावत बन्द गरेका हुन ।
शनिबार दिउसो भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै सीमा नाकामा विरोध प्रदर्शन गरेपछि दिउसो केहीबेर नाका अवरुद्ध रह्यो । भारतबाट नेपाल आउदा सहज आउन दिने, नेपाल बाट भारत जादा एसएसबीले जान रोक लगाएर ज्यादती गरेको भन्दै नेपालीहरुले दशगजामै नाराबाजी गर्दै आवगमन बन्द गरे ।

boarder (1).jpg
एसएसबीले नेपालीहरुलाई किनमेलका लागि सिमामा रोक लगाएको थियो, कुकुर सहित सुरक्षामा रहेका एसएसबीले नेपालीलाई प्रवेश नदिएपछि आक्रोसित भएको नेपाली समूहले विरोध गरेको थियो । नेपालीहरुलाई भारतिय व्यवसायीहरुले पनि साथ दिएका थिए । भारतिय व्यवसायीका अनुसार एसएसबीले समय समयमा सुरक्षाको कारण देखाउदै नेपाल प्रवेशमा रोक लगाउदै आएको छ, आज पनि रोक लगाउने क्रममा नै यो अवस्था सृजना भएको हो । 

boardr.jpeg
सिमामा नेपालीहरुले आवतजावत नै बन्द गरेपछि दुवै देशका सुरक्षा निकायले छलफलबाट आवगमन सुचारु गरेका छन । सिमामा तनाव भएसँगै दुवै देश तर्फ सुरक्षाकर्मी परिचालन भएको थियो । सिमामा नेपालीहरुले प्रदर्शन गर्दा सिमामा एक घण्टा आवगमन बन्द रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक ईश्वरी अधिकारीले बताए । 

boarder (1).jpeg
करिब एक वर्ष देखि बन्द रहेको सिमा अझै पनि पूर्ण रुपले खुलेको छैन । भारतिय पक्षले औषधी उपचारर्थ, नेपाल आएका भारतिय नागरिकलाई आधार कार्ड हेरेर र फाटफुट रुपमा किनमेलका लागि नेपालीहरुलाई प्रवेश दिइरहेको थियो । आज शनिबार धेरै नेपालीहरु किनमेलका लागि आएर भिडभाड हुने देखिएपछि सुरक्षा र कोभिडको कारण रोक लगाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

boarder (3).jpeg


लुम्बिनी चिन्तन

थप समाचार