Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण


  • लुम्बिनी चिन्तन
  • श्रावण १४, २०७८ बिहिवार
  • 1.9K
    SHARES

सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण

भैरहवा । सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा भैरहवाका अतिविपन्न परिवारलाई बुधवार खाद्यान्न वितरण गरिएको छ ।

बेलायतमा रहेका भैरहवावासीको समूह सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा सिदार्थनगरका अतिविपन्न ४५ परिवारलाई खाद्यान्न वितरण गरिएको स्थानिय समन्वयकर्ता ओम श्रेष्ठले बताए ।  

collage (41).jpg

सिदार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा बिभिन्न तिन काम भएको श्रेष्ठले बताए । उनिहरुको आर्थिक सहयोगमा यस भन्दा अगाडी मेडिकल कलेज अगाडी बिरामीका लागी कोबिडको समयमा खाना खुवाउने कार्यक्रम गरेको थियो । दोस्रो कार्यक्रम अन्तरगत तिन जना बिपन्न परिवारका बिरामीहरुका लागी २५ । २५ हजार रुपैयाका दरले नगद बितरण गरेको थियो ।

collage (40).jpg

सिदार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा तेस्रो कार्यक्रम अन्तरगत नगर क्षेत्रका ४५ अतिविपन्न परिवारलाई बुधबार खाद्यान्न सामग्री वितरण गरिएको श्रेष्ठले बताए ।  उनिहरुलाई १५ केजी चामल, ५ केजी चिउरा, ५ केजी पिठो, प्याज, चिनी, तेल गरी प्रतिपरिवार २ हजार १ सय ५० रुपैया बराबरको खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

दोस्रो चरणमा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी मृृगौलासम्बन्धि रोगबाट  पीडित अर्जुन राना, कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डे र क्यान्सरबाट पीडित सिद्धार्थनगर–८ की मञ्जु रानालाई उपचारका लागि २५÷२५ हजार रुपैया प्रदान गरिएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार