भैरहवा । पाल्पाको अर्गलीकी ५५ वर्षिया भिमकला पाण्डे एक वर्षदेखि थलिईन् । दायां खुट्टाको हिपजोर्नी एक्कासी खटक्क गर्यो अनि अप्ठेरो भयो, त्यसपछि खुट्टा हलचल गराउंन पनि भएन, विस्तराबाट उठेर हिडडुल गर्नै नसक्ने अवस्थामा पुगिन उनी ।
श्रीमान् वैदेशिक रोजगारमा छन् । घरमा साना छोरीहरु मात्र हुंदा दैनिक काममा निकै समस्या भोग्नु परयो भिमकलालाई । उनी भन्छिन् अब त यतिकै हो कि जस्तो लाग्यो ।
आफन्तले बुटवलका विभिन्न अस्पतालमा लगे,औषधी उपचार गरे तर उनीलाई निको भएन । किनकि उनको हिपजोरको टाउको मरिसकेको रहेछ । रक्तसंचार नहुंदा हिपजोर टाउको सहित सुकेर उनलाई यस्तो समस्या भएको थियो ।

जीवनमा फेरी हिडडुल गर्न सक्ने आसै मारेकी भिमकला भैरहवास्थित मेडिकल कलेजमा पुरै हिपजोरको प्रत्यारोपण पछि भने राम्ररी हिड्न सक्ने भएकी छिन् ।
उनी जस्तै समस्याले थलिएकी ६५ वर्षिया चमेली देवी थारुको पनि व्यथा उस्तै थियो । शुद्धोधन ३ निवासी थारु पनि विस्तरामा नै दिनरात काट्ने गर्थिन् । अशतm भएर वांच्नुको सकस कस्तो हुन्छ राम्रै अनुभव गरिन उनले ।
अहिले पाण्डे र चौधरी दुवैजना हिपजोर्नीको सफल प्रत्यारोपण गरी आफै हिडडुल गर्दा असाध्यै खुशी छन् । उनीहरुको खुशी फर्काइदिने माध्यम बने भैरहवा मेडिकल कलेज र चिकित्सक ।
युर्निभर्षल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भैरहवाले अत्यन्तै जटिल मानिने पुरा हिपजोरको सफल शल्यशिक्रया गरेर उनीहरु जस्तै विरामी र आफन्तको खुशी फकाईदिएका छन् । अस्पतालका वरिष्ठ हाडजोर्नी,नशारोग एवम् स्पाईनल तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा.प्रकृतिराज कडेलको नेतृत्वमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.विपन श्रेष्ठ लगायतको टीमले टाउको सहित हिपजोर्नीको सफल प्रत्यारोपण गरेको अस्पताल प्रशासनले जनाएको छ ।

व्यतिmको उमेर पुग्दै जांदा हिप लगायत अन्य जोर्नी खिईने, ईन्फेक्शन हुने वा अन्य कारणले कमजोर हुदै जाने हुन्छन् । यस्तो अवस्थामा जोर्नी प्रत्यारोपणको विकल्प नहुने वरिष्ठ डा.प्रकृतिराज कडेलको भनाई छ । डा. कडेल विगत १० वर्षदेखि भैरहवा मेडिकल कलेजमा सेवारत रहेका छन् । भैरहवा मेडिकल कलेजले विगत पांच वर्षदेखि जोर्नीको सफल प्रत्यारोण गर्दै आईरहेको छ । यसै शिलशिलामा पुरा हिपजोर्नीको सफल रुपमा प्रत्यारोपण गरिएको शिषेशज्ञ डा. विपन श्रेष्ठले बताए । यसरी आफनै ठाउंमा जोर्नी प्रत्यारोपणको सुविधा पाउंदा विरामी तथा आफन्त महंगो खर्चबाट जोगिने, तथा बसाईको हिसाबले पनि कम खर्च लाग्ने डा. श्रेष्ठले बताए ।
सोही प्रकृतिको उपचारमा काठमाडौं वा अन्य स्थानमा जांदा दोब्बर भन्दापनि बढी खर्च लाग्दा कम आम्दानी भएकाहरुलाई समस्या पर्ने गरेको थियो । न्युन शल्यक्रिया शुल्क, आउने जाने,बस्ने सबै खर्च कटौटी हुने हुदां अन्यको तुलनामा भैरहवा मेडिकल कलेजमा सहुलियत हुने वरिष्ठ विशेषज्ञ डा. कडेलको भनाई छ । उनी भन्छन् “प्रत्यारोपणका लागि आवश्यक पर्ने सामान उही हो । मात्र शल्यक्रिया चार्ज, वेड चार्ज जाने आउने भाडा लगायका कारणले काठमाडौंमा महंगो शुल्क लाग्ने हो । आफ्नै ठाउंमा कम खर्चमा सोही सेवा लिन सकिन्छ भने किन बाहिर दुःख पाउने ?” अस्पतालले आफ्ना सेवाहरुलाई गुणस्तरीय बनाउदै लैजाने क्रममा एक पछि अर्को सफलता पाईरहेको कलेजका जनसम्पर्क अधिकृत शुशिल गुरुङ्गले बताए ।