Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संक्रमण बढेसँगै नाकाहरुमा परीक्षण बढाउन र अस्पताल पूर्वाधारको व्यवस्था गर्न विज्ञको सुझाव


  • लुम्बिनी चिन्तन
  • श्रावण १४, २०७८ बिहिवार
  • 758
    SHARES

संक्रमण बढेसँगै नाकाहरुमा परीक्षण बढाउन  र अस्पताल पूर्वाधारको व्यवस्था गर्न विज्ञको सुझाव

कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्यविद् डाक्टर वासुदेव पाण्डेकाअनुसार सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिलेको तयारी अपर्याप्त छ । 

अस्पतालहरुमा अक्सिजनलगायत अरु पूर्वाधारको व्यवस्थासँगै नाकाहरुमा परीक्षण बढाउन र खोप अभियानलाई व्यापक बनाउन उहाँको सल्लाह छ । निषेधाज्ञा खुकुलो भएसँगै लापर्बाही भएकाले पनि सङ्क्रमण बढेको भन्दै विज्ञहरुले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने तथा साबुनपानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाव दिएका छन् । 

खोप अभियान चलिरहेकै बेला पछिल्लो एक हप्तामा सङ्क्रमणदर २४ दशमलव २ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विज्ञहरुकाअनुसार एक सङ्क्रमितले एक वा त्योभन्दा बढीलाई कोरोना सारे त्यसको लहर बढ्दै जान्छ । 

सङ्क्रमणलाई सङ्क्रमित व्यक्तिमा सीमित राख्न सके मात्र सङ्क्रमण घट्ने हुन्छ । खोप जतिसक्यो चाँडै लगाउन विज्ञको सुझाव छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म  ८८ लाख ८२ हजार डोज खोप प्राप्त भएको छ । 

३५ लाख ४४ हजारभन्दा धेरैले एक डोज र १५ लाख  ३ हजारभन्दा धेरैले पूर्ण डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । मन्त्रालयले उच्च प्राथमिकताका साथ खोप अभियान अघि बढाइएको जनाएको छ। 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार