Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अधिवेशनको तयारीमा बुटवल उद्योग बाणिज्य संघ , अध्यक्षका लागि कसजु र अर्याल भिड्दै


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७७ शनिवार
  • 1.1K
    SHARES

अधिवेशनको तयारीमा बुटवल उद्योग बाणिज्य संघ , अध्यक्षका लागि कसजु र अर्याल भिड्दै

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आसन्न साधारण सभा तथा अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन यहि फागुनको १० देखि १३ गतेसम्म संघको सचिवालय परिषर बालमन्दिरमा हुँदैछ ।

संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले साधारण सभामा प्रस्तुत गर्ने महासचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा यस क्षेत्रका समसामयिक समस्या तथा सम्भावनाका सम्वन्धमा तयार गरिएको प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारण सभाको लागि सदस्य उद्योगी व्यबसायी तथा अतिथिहरुलाई निमन्त्रणा पत्राचार गरिसकिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराए ।

साधारण सभा तथा अधिवेशनको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्नुहुनेछ भने त्यसै अवसरमा संघले स्थापना गरेको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै उद्योगी व्यबसायीलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।

२०१० साल फागुन १० गते स्थापना भएको बुटवल उद्योग बाणिज्य संघको सोही दिन स्थापना दिवस पनि परेको छ । संघको स्थापना दिवसको अवसरमा ९ र १० गते स्थापना दिवस बिशेष कार्यक्रमको तयारी समेत गरिएको छ । स्थापना दिवसको अवसरमा भोली ९आईतबार० बिहान संघको सचिवालय परिषरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै पूर्वशन्ध्यामा साँझ दीपावली कार्यक्रम गर्ने तयारी भएको महासचिव श्रेष्ठले बताए ।

स्थापना दिवसको अवसरमा गर्दै आएको एकजना पूर्व अध्यक्ष सम्मान यो वर्ष पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई प्रदान गर्न लागिएको छ भने बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्क बेन्च प्रदान गरिने उहाँले जानकारी दिए । स्थापना दिवसको अवसरमा प्रदान गरिने पूर्व अध्यक्ष सम्मान र बुटवल माध्यमिक बिद्यालयलाई प्रदान गर्ने डेस्क बेन्च साधारण सभा बिशेष कार्यक्रममा प्रदान गरिने उहाँले जानकारी गराउनु भयो । त्यस्तै अधिवेशन अन्तगरत निर्वाचनको तयारीको कामहरु समेत पुरा भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका लागि कसजु र अर्याल

बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि  फागनु १३ गते  मतदान हुदैछ । संघको अध्यक्षको लागि बरिष्ठ उपाध्यक्ष उज्वल कसजु र बाणिज्य उपाध्यक्ष हरि अर्यालले दाबी गरेका छन्। बरिष्ठ उपाध्यक्ष भएकाले अध्यक्षमा आफ्नो दाबी स्वभाविक भएको कसजुको भनाइ छ।

अर्का प्रत्यासि हरि अर्यालले भने अध्यक्षको दौडबाट आफू पछि नहट्ने बताएका छन्। ‘अहिलेको परिस्कृत समाजमा परम्परागत तरिकाले भन्दा क्षमताको आधारमा नेतृत्व भन्ने हो। त्यो क्षमता ममा छ भन्ने लाग्छ।’ उनले भने ‘नछोड्ने गरी म अगाडि बढेको छु। अबका चुनौतिलाई सामना र व्यवस्थपन गर्न सक्छु भन्ने लाग्छ। साथै अरु संघसंस्थासँग समन्वय गर्न सक्ने क्षमता पनि मसँग छ।’ कार्यसमिति सदस्यसँगै महासचिव, बाणिज्य उपाध्यक्ष भएर आफूले संघलाई धेरै बुझेको अर्यालको भनाइ छ। 

Untitled-11613813614.jpg

संघको दुइ कार्यकाल उपाध्यक्ष भइसकेका उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठ भने यस पटक चुनाव नलड्ने भएका छन ।

 

 

 


लुम्बिनी चिन्तन

थप समाचार