Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

वातावरण संरक्षण र हरियाली पर्वद्धनमा लुम्बिनी प्रदेश अग्रणी, ७ हजार ५ सय बिरुवा रोपियाे


  • लुम्बिनी चिन्तन
  • श्रावण १६, २०७८ शनिवार
  • 922
    SHARES

वातावरण संरक्षण र हरियाली पर्वद्धनमा लुम्बिनी प्रदेश अग्रणी, ७ हजार ५ सय बिरुवा रोपियाे

नवलपरासी । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीको आयोजनामा बर्दघाटमा भएको वृहत बृक्षारोपण गरिएकाे छ । हालै मात्र १ घण्टामा २० हजार विरुवा रोपेर राष्ट्रिय रेकर्ड कायम गर्न सफल नवलपरासीले शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको पहलमा ७ हजार ५ सय बढी बिरुवा एकैदिन वृक्षारोपण गरिएकाे छ । 

वृक्षराेपणमा सहभागी भएका लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले  वातावरण संरक्षण र हरियाली पर्वद्धनमा लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको बताए ।

यसअघि यहँा भएकाे वृक्षारोपणले राष्ट्रिय रेकर्ड कायम गरेतापिन नवलपरासी जिल्लाले अहिले फेरी राष्ट्रिय युवा संघ नेपालले ७ हजार ५ सय बढी बिरुवा एकैदिन रोपेर देशभरमा नवलपरासी जिल्ला वृक्षारोपण कार्यमा अगाडी रहेको मुख्य मन्त्री पोखरेलले बताए।

अहिले देशका सबै प्रदेश सरकारहरु भन्दा लुम्बिनी प्रदेश सरकार विकास निमार्णका हिसावले अग्रणी स्थानमा आफुलाई परिचीत गर्न सफल भएको बताउदै अहिले सम्म लुम्बिनी प्रदेश सरकारले गरेका कामहरुको समिक्षा भइ  पुंजीगत खर्चमा सतप्रतिशत खर्च गर्न याे प्रदेश सफल भएको बताए ।

शुन्य संरचनावाट प्रदेश सरकारले कार्यथालनी गरेर नेपालका अन्य प्रदेश सरकार भन्दा अगाडी रहनु चानेचुने कुरा नभएको बताउदै मुख्यमन्त्री पोखरेलले अहिले जनताहरु जनमतमा जानचाहेका वेला जनमतवाट डराउनेहरु परमादेशवाट सरकार चलाउन पुगेको बताए ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीका संयोजक युवराज डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले युवाहरुलाई रचनात्मक र सीर्जनसिल काममा जोड्दै जाने अभियान अन्र्तगत वातावरण र पर्यावरण संरक्षणगर्न निर्वतमान प्रद्यानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष के।पि। ओलीले घोषणा गरेको दुई वर्षमा दुई करोड विरुवा रोप्ने अभियान सफल पार्नका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले आयोजना गरेको कार्यक्रम निक्कै ब्यवस्थीत र प्रभावकारी रहेको बताए ।

अहिले सम्म देशका ६५ जिल्लामा वृक्षारोपण कार्य भैसकेको बताउदै आफ्नो गृहजिल्लाले सबै जिल्लालाई उछिनेर निक्कै ब्यवस्थीत र प्रभावकारी बनाएको प्रति धन्यवाद प्रकट गरे । आफ्ना संन्तीहरुका लागि पनि सौन्दर्यीकरण र उचीत पर्यावरण हस्तानत्रण गर्नका लागि युवासंघले गरेको काम निक्कै प्रभावकारी हुने उनकाे भनाइ छ ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्वर ४ को पारीजात सामुदायिक वन क्ष्ँेत्रमा पर्ने मर्चाघोला वनक्षेत्रमा गरीएको वृहत वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक योजना मन्त्री बैजजाथ चौधरी,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी ,बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल,सुस्ता गाउपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे लगाएत जिल्लाका विभिन्न संघ संस्था र कार्यालयका प्रमुखहरु ब्यीक्तहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीका सचिव ज्ञान प्रसाद पाठकसन्तोषले गरेका थिए ।

आज भएको वृक्षारोपण कार्यमा हर्रो,बर्रो,अमला लगाएतका विभिन्न प्रजातीका विरुवाहरु रहेका थिए । वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुपूर्व राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नवलपरासीले बर्दघाट चोकदेखि पैदल र्याली गर्दे मर्चाघोला वनक्षेत्रसम्म पुगेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार