Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लियो क्लब अफ सिद्धार्थनगरद्वारा पद हस्तान्तरण


  • लुम्बिनी चिन्तन
  • श्रावण १६, २०७८ शनिवार
  • 1.5K
    SHARES

लियो क्लब अफ सिद्धार्थनगरद्वारा पद हस्तान्तरण

भैरहवा । लियो क्लब अफ सिद्धार्थनगरले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

लियो क्लब अफ सिद्धार्थनगरका बर्ष २0२0/२१ अध्यक्ष समिर पौडलको अध्यक्षता, जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला अध्यक्ष  अनिश लामिछानेको प्रमुख आथित्यता, लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला उपाध्यक्ष  लिलामणी न्यौपाने र डिष्ट्रिक्ट डेपुटी चिफअर्चित श्रेष्ठ एम.जे.एफ को विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबका पूर्वअध्यक्ष लायन अरुण पन्थीले क्लबका बर्ष २०२१/२२का पदाधिकारीलाई पदभार गराएका थिए । लियो क्लब अफ सिद्धार्थनगरका बर्ष २०२१/२२ का अध्यक्ष गौरव नेपाललाई क्लबका पूर्व अध्यक्षहरुले अध्यक्षको लकेट र पिन लगाई दिएर अध्यक्षको पदभार गराएका थिए । कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो बार्षिक कार्य योजना प्रस्तुत गरेका थिए ।

collage (49).jpg

कार्यक्रममा संजय सिहं के.शी, राजेश खरेल, अर्चित श्रेष्ठ एम.जे.एफ, अनिश लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला पदाधिकारीहरु गोविन्द बन्जाडे, आतिश कुमार लामिछाने, क्लब सल्लाहाकार राजेश खरेल, क्लबका पूर्व अध्यक्षहरु  अरुण पन्थी, गौतम गुप्ता,  विबेक जैशवाल, एरिया ४ चिफ सुमन अधिकारी लगायत अथितिहरुको उपस्थिति रहेको थियो ।  ज्योती गुरुङकाे संयाेजनमा भएकाे कार्यक्रमको संचालन क्लबका २०२१/२२ का सचिव  आयुष अधिकारीले गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार