Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा १ हजार ४५१ घरेलु हिंसा, १ हजार ७२ आत्महत्याका घटना 

घटना रोकथामका लागि एसपी केशीको तिनवृत अवधारणा


  • सम्झना शर्मा
  • श्रावण १७, २०७८ आइतवार
  • 3.2K
    SHARES

रुपन्देहीमा १ हजार ४५१ घरेलु हिंसा, १ हजार ७२ आत्महत्याका घटना 

भैरहवा ।  गणतन्त्रात्मक मुलुकको सुगम जिल्ला रुपन्देही । यहांको तिब्र भौतिक विकासले एकाएक फट्को मारेको छ । यसलाई मिनी नेपालको संज्ञा दिईने गरिएको छ ।

नेताहरु मञ्चमा भाषण गर्दा विकास हेर्न रुपन्देही जिल्ला आउनु भनेर जिल्लाको विकासमा गौरव गर्ने गर्छन । तर सामाजिक विकासको हिसावले हेर्दा जिल्लामा भएका घरेलु हिंसा र हिंसा सहन नसकेर गरिएका आत्महत्याका घटनाले सबैलाई गिज्यांइरहेका छन् । यसलाई तथ्यांकले पुष्टी गर्छ । पछिल्लो ५ वर्षमा रुपन्देहीमा १ हजार ४५१ वटा घरेलु हिंसाका उजुरी जिल्लामा दर्ता भएका छन् । जबकि जानकारका अनुसार घरेलु हिंसाका निकै कम घटना मात्र प्रहरीकोमा आईपुग्दछन् ।

IMG_1043.JPG

रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी ४२९ घरेलु हिंसाका घटनाहरू भएका छन् । त्यस्तै ०७३/०७४ मा १९४, ०७४/०७५ मा २२५, ०७६/०७७ मा ३७८ वटा घरेलु हिंसाका घटनाहरू दर्ता भएको छन् । यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा  २२५ वटा घरेलु हिंसाको घटना भएको छ जुन अघिल्लो वर्ष भन्दा १ सय ५३ ले कमि त हो । तर प्रहरीका अनुसार गत वर्ष कोरोना महामारी न्युनिकरणका लागि गरिएको निशेषज्ञाका कारण हिंसाका घटना प्रहरीसम्म आउन केही कठिन भयो ।

यो अवधिमा सबै परिवार घरैमै हुने, धेरै लामो समयसम्म श्रीमान् श्रीमति संगै हुंदा विमति भएर घरेलु हिंसाका घटना बढेको भएपनि लकडाउनका कारण प्रहरीकोमा आउन नसकेका हुन् । घरेलु हिंसासंगै समाजको अर्को कुरुप पाटो आत्महत्याका घटनाको तथ्याङक पनि डर लाग्दो छ । रुपन्देहीमा पछिल्लो ५ आर्थिक वर्षमा १ हजार ७२ जनाले आत्महत्या गरेका छन। जिल्ला वर्षेनी आत्महत्याको दर बढेको छ । 

IMG_1018.JPG

पछिल्लो  ५ वर्षको  तथ्याङकलाई हेर्दा जिल्लामा २०७६/०७७ मा सबैभन्दा बढी ३६५ जनाले आत्महत्या गरेका छन ।  त्यस्तै ०७४/०७५ मा २२७ जना, ०७३/०७४ मा १८१ जना, ०७५/०७६ मा ९५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङमा उल्लेख छ । गत वर्ष २०७७/०७८ मा भने आत्महत्या गर्नेको संख्या २०४ रहेको छ । आत्महत्या गर्ने मध्ये बालिका तथा महिलाको संख्या बढी छ । 

आत्महत्या गर्ने मध्ये विवाहित ७११, अविवाहित ३५५, वैवाहिक स्थिति नखुलेका ६ जना रहेका छन । ती मध्ये सबैभन्दा बढी ६७ प्रतिशत झुन्डिएर, ३१ प्रतिशत विषादी प्रयोग गरि आत्महत्या गरेका छन । केहीले भने आगो लगाई, नदी पोखरी इत्यादिमा हामफाली, अन्य औजारको प्रयोग गरी तथा अन्य माध्यमबाट आत्महत्या गर्ने गरेको छन ।

आत्महत्या गर्ने  १६ वर्षदेखि २५ वर्षसम्मका धेरै हुने गरेका छन् । यो उमेर समूहका ३६ प्रतिसत रहेका छन् । त्यस बाहेक १६ वर्ष भन्दा कम ६ प्रतिशत, २५ वर्षदेखि ४० वर्ष सम्म २७ प्रतिशत, ४० वर्ष देखि ६५ वर्ष सम्म २५ प्रतिशत र ६५ वर्ष वा सो भन्दा माथि ६ प्रतिशत रहेको देखिन्छ ।

रोकथामका लागि एसपी केशीको निवृत्त अवधारणा 

आत्महत्या तथा घरेलु हिंसा रोकथाममा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केशीले पहिलो पटक अल्पकालिन र दीर्घकालिन गरी दुई रणनीतिक योजना अगाडि सारेका छन् । रुपन्देहीका १६ वटै पालिका प्रमुख, चिकित्सक,संचारकर्मीसंग अन्तरक्रिया गरी उनले जोखिम वर्गलाई तिन सर्कलमा राखेर काम गनुपर्ने धारणा राखेका हुन् । 

सबैभन्दा जोखिममा रहेको समुहलाई रेड सर्कलमा राखेर उनीहरुको गतिविधिमा निगरानी बढाउने,मानसिक समस्याका विषयमा खुलेर कुराकानी गर्ने वातावरण सृजना गर्नुपर्ने, उनीहरुको खराव समयका विषयमा जानकारी लिने प्रयास गर्ने र निरन्तर सचेतनाका कार्यक्रमहरु संचालन गर्न सकेमा आत्महत्याका घटनामा केही कमि आउने एसपी केशीको अपेक्षा छ । तथ्यांक अनुसार १६ वर्षदेखि २५ वर्ष उमेर समुह रेड सर्कलमा पर्दछ । जसलाई लक्षित गरी प्रत्येक २ महिनाको अन्तिम शनिवार कार्यक्रम हुने । 

IMG_1047.JPG

यस्तै अलि कम जोखिम समुहलाई हरियो सर्कलमा राखि  प्रत्येक २ महिनाको अन्तिम शनिवार सचेतनामुलक कार्यक्रम आयोना गर्ने, लागु औषध र विभिन्न रोगहरु र त्यसले समाजमा ल्याउन सक्ने विकृतिका विषयमा प्रस्तुतिकरण दिने, सहभागीहरुबाटै   सामाजिक विकृति बिषयमा आआफ्नो बिचार व्यक्त गर्न अवसर दिने, पालिका स्तरमा भएका सामाजिक विकास सम्बन्धी कार्यक्रमको जानकारी दिने लगायतका प्रयासले सामाजिक विकृतिमा कमि आई हरेलु हिंसा न्युनिकरण गर्न सहयोग पुग्नुका साथै आत्महत्याका घटना क मगर्न सकिने एसपी केशीले आफ्नो अल्पकालिन रणनीतिमा राखेका छन् ।

आत्महत्याको निकै कम जोखिममा रहेको समुहलाई हरियो सर्कलमा राखि समुदाय प्रहरी साझेदारीको बिभिन्न कार्यक्रमहरू संचालन गरिने उल्लेख छ । 

आत्महत्या न्यूनीकरण कार्ययोजना तीन वृत्त अवधारणाको कार्यान्वयनबाट रूपन्देही जिल्लाको आत्महत्याको बढ्दो क्रमलाई नियन्त्रण गरी आत्महत्या न्यूनीकरण गर्न सहयोग हुने अपेक्षा एसपी केशीले गरेका छन् ।  

कार्यालयले बढ्दो आत्महत्या तथा घरेलु हिंसा रोकथाम तथा नियन्त्रण गर्न तीनवृत अवधारण ल्याएको हो । यसको दीर्घकालिन समाधानका लागि भने शिक्षा,रोजगारीका अवसर,  समाजिक सचेतना लगायतका विषयमा ध्यान दिन जरुरी रहेको छ ।

घरेलु हिंसा र आत्महत्याका घटना रोक्न स्थानीय सरकारको ध्यानाकर्षण 

आत्महत्याका घटना रोक्नका लागि पालिकास्तरबाटै पहल गरिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आयोजना गरेको पालिका प्रमुखहरुसंगको छलफल कार्यक्रममा जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकोले आत्महत्याका घटना बढ्नुको कारण पत्ता लगाई यसको रोकथामका उपायहरु खोज्ने पहिलो जिम्मेवारी पालिका कै भएकोप्रति धनाकर्षण गराईएको हो । 

कायक्रममा आफ्ना धारणा राख्दै बुटवल उपमहानगर पािलकाका प्रमुख शिवराज सुवेदीले प्रहरी प्रशासन,स्थानीय तह र टोल विकास समितिको समन्वयमा यसको रोकथान गर्न सकिने धारणा राखे । परिवारसम्मको पहुंच रहने टोल विकास समिति मार्फत सुचना संकलन गर्ने र सोही अनुरुप कार्ययोजना बनाएर जान सके समाजका कुनैपनि समस्या समाधान गर्न सहज हुन्छ उनले भने । कार्ययोजना बनाउने तर यसको निरन्तरता नहुंदा प्रकावकारी परिणाम दिन नसकेको मेयर सुवेदीले निरन्तरता दिन सुझाव दिए । 

यस्तै कार्यक्रममा मर्चवारी गाउंपालिकाका अध्यक्ष केशव नन्दन वानियाले आत्महत्या गर्न प्रोत्साहन गर्नेलाई कानुनी कारवाही थप कडा पार्नुपर्ने धारणा राखे । आत्महत्या समाजकै कुरुप दृष्य रहेको उनले बताए । कार्यक्रममा प्रहरी उपरिक्षक मनोज केशीले घरेलु हिंसा रोकथाम तथा आत्महत्या न्युनिकरणका लागि स्थानीय तह, मनोचिकित्सक तथा संचार माध्यामको साथ खोजेका छन् ।

मानसिक रोगको उपचारमा प्रोत्साहन गर्नुपर्छः  चिकित्सक 

 वरिष्ठ नशा तथा मानसिक रोग विषेशज्ञ डा. मनोज ढुंगानाले आत्महत्याका घटना रोकथामका लागि मानसिक रोगका विषयमा खुलेर बोल्न सकने वातावरण बनाउनु पर्ने बताएका छन् । जसका लागि मानसिक रोगको उपचारमा प्रोत्साहन गनुपर्छ उनले भने । अभिव्यतm गर्न नसकेका र चिकित्सकको सम्पर्कमा नआएका मानसिक रोगीहरुबाट हिंसा हुन सक्ने तर्फ विचार गर्नुपर्ने डा. ढुंगानाले सचेत गराए । निरन्तर मदिरा सेवन गर्न व्यतिmका आफ्नै परिवार वा ्रश्रीमतिप्रति अविश्वास बढ्दा शंकाकै भरमा हिंसा गर्न प्रवृति रहेको उनको धारणा छ । 

collage (52).jpg

अर्का नशा तथा मानसिक रोग विषेशज्ञ डा. सन्दिप सुवेदीले कृषकले प्रयोग गर्ने सल्फास जस्ता विषादीको विक्रीमा कडाई गर्नुपर्ने धारणा राखे । विषादीयुक्त यस्ता सामग्री खरीद गर्ने ग्राहकलाई उमेर हद ताकिदिने, खेतमा प्रयोग गरेर बांकी रहेको विषादी सम्बन्धीत निकायमा फिर्ता पठाउने जस्ता कुराहरुमा कडाई गर्न सके विषादी सेवन गरी गर्ने आत्महत्याका घटनामा कमी आउने डा. सुवेदीको दावी छ । यस्तै विद्यालय स्तरमा मानसिक रोग सम्बन्धी कक्षा संचालन गरिनु आवश्यक रहेको बताए । सोही अवसरमा कोभिडका कारण मानसिक रोग अझ बढेको भन्दै आईसुलेसनमा रहेका कोभिड संक्रमितलाई उपचारसंगसंगै परामर्श आवश्यक रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । 


सम्झना शर्मा

थप समाचार