Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्रोत नखुलेको ३३ लाख रुपैयाँसहित दुईजना नवलपरासीबाट पक्राउ


  • लुम्बिनी चिन्तन
  • श्रावण १९, २०७८ मंगलवार
  • 2.0K
    SHARES

स्रोत नखुलेको ३३ लाख रुपैयाँसहित दुईजना नवलपरासीबाट पक्राउ

परासी । पश्चिम नवलपरासी प्रहरीले स्रोत नखुलेको  रकमसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले भारतको ठूठिबारीबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा जिल्लाको बर्दघाट नगरपालिकाको वडा नं. १२ भटौलियस्थित नारायणी चोकबाट स्रोत नखुलेको रकमसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको हो ।  उनीहरू भारतको ठूठीबारीस्थित जयसवाल बस्त्रालयमा ती दुवै व्यक्ति कामदारको रूपमा कार्यरत रहेको प्रहरी जनाएको छ । प्रहरीको अनुसार  पक्राउ पर्नेमा एक जना नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेका छन् ।

उनीहरूले लु १६ प ३७२९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल ल्याउँदै गरेको र प्रहरीले बर्दघाट नगरपालिकाको वडा नं। १२ भटौलियस्थित नारायणी चोकमा चेकजाँचको क्रममा   स्रोत नखुलेको रकमसहित दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एव सूचना अधिकारी राजुलामाले जानकारी दिए ।

उनको अनुसार  पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिकाको वडा नं. २ बस्ने ३५ वर्षीय नेपाली नागरिक योगेन्द्र यादव र भारतको जिल्ला महाराजगन्ञ ठूठीबारीको मर्चहवा  बस्ने भारतीय नागरिक समीर खानलाई पक्राउ गरिएको लामाले बताए ।

उनीहरू साथबाटस्रोत नखुलेको रु। १८ लाख पचास हजार नेपाली रुपैयाँ र ९ लाख भारतीय रुपैयाँ गरी कुल नेपाली रकम ३३ लाख रुपैयाँ पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिएसपी लामाको अनुसार कुनै पनि व्यक्तिले स्रोत नखुलेको यती ठूलो रकम लिएर हिंड्न नपाउने यसको अनुसन्धान गर्ने र उक्त रकम आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार