Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भेटेनरी अस्पताल स्थानान्तरण प्रति राप्रपाको ध्यानाकर्षण (विज्ञप्ती सहित)


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ९, २०७७ आइतवार
  • 1.4K
    SHARES

भेटेनरी अस्पताल स्थानान्तरण प्रति राप्रपाको ध्यानाकर्षण (विज्ञप्ती सहित)

भैरहवा । रुपन्देहीको पक्लिहवा स्थित कृषि क्याम्पसबाट भेटेनरी अस्पताल (पशु शिक्षण अस्पताल)अन्यत्र सार्न लागेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीको ध्यानाकर्षण भएको छ । 
नेपालकै दोस्रो ठूलो भेटेनरी अस्पतालको रुपमा विकास गर्न लागिएको पशु शिक्षण अस्पताल केही व्यक्ति, संस्थाको व्यक्रिगत स्वार्थमा क्याम्पस परिसरबाट अन्य ठाँउमा स्थानान्तरण गर्न लागेकोमा राप्रपा रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो कार्य गर्ने र गराउने निर्णय प्रति खेद व्यक्त गर्दै भइरहेको आन्दोलनमा पार्टीले ऐकबद्धता जनाएको राप्रपा रुपन्देही अध्यक्ष सागर प्रताप राणाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

news nepal cast frame.jpg
राप्रपाले अस्पताल स्थानान्तरणको विरुद्ध भइरहेको आन्दोलनमा सहभागिता जनाउन सम्पूर्ण आमा, बुबा, दिदी बहिनीहरुलाई अपिल गरेको छ ।
क्यापस परिसर भित्रै बनाउनु पर्ने उक्त अस्पताल विभिन्न बहानामा षडयन्त्र गरी स्थानान्तरण गर्न लागेको भन्दै स्थानीयल आन्दोलन गरिरहेका छन । ५ वर्ष अघि अस्पतालको डिपीआर र नक्सा समेत तयार भई सकेको अस्पताल ७ वर्ष अघि आएको बि एस्सी भेटेनरी शिक्षा कार्यक्रमको सिकाई केन्द्रको प्रमुख मेरुदण्ड हो ।

rpp.jpg


लुम्बिनी चिन्तन

थप समाचार