Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने


  • लुम्बिनी चिन्तन
  • श्रावण १९, २०७८ मंगलवार
  • 660
    SHARES

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

काठमाण्डौ ।कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

हिजो कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । तर बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ । 

गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उनकाे आग्रह छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरमा लिइने, विद्यालयका भवन खाली रहेको अवस्था र दुर्गममा सङ्क्रमणको अवस्था सामान्य नै रहेकाले ठूलो समस्या नरहेको परीक्षा नियन्त्रक शर्माले बताए ।

परीक्षामा स्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने र एक बेन्च एक विद्यार्थी राखेर भौतिक उपस्थितिमै परीक्षा लिने गरी तयारी भइरहेको पनि जानकारी दिए । यसवर्ष परीक्षामा झण्डै तीन लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार