भैरहवा । लामो समय देखि जीम उपकरण व्यवसायिकरण गर्दै आएको ‘फिटनेस च्वाइस’ को नयां शाखा भैरहवामा खुलेको छ । घरायसी तथा व्यवसायिक जीम उपकरणको आधिकारिक विक्रेताको रुपमा भैरहवाको बुद्धचोकमा नयां शो रुमको उद्घाटन भएको हो ।
शोरुमको बुधबार एक कार्यक्रमका बीच सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने सर्वज्ञ, विश्व बडिबिल्डिङ च्याम्पियन तथा कम्पनीका ब्राण्ड एम्बेस्डर महेश महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

विगत २२ वर्ष देखि फिटनेश तथा जिममा आवश्यक सामान र सर्भिसिङ उपलब्ध गराउंदै आएको फिटनेश च्वाइसले भैरहवामा २१ औं शाखाको रुपमा स्थापना गरी संचालनमा ल्याएको कम्पनिका प्रबन्ध निर्देशक उत्तम सिलवालले बताए ।
मानव स्वास्थ्यलाई लक्षित गर्दै फिटनेश नै सबै भन्दा पहिला स्वास्थ्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै हामीले अमेरिका, बेलायत, कोरिया, चाइना तथा ताइवान लगायत विभिन्न मुलुकबाट आयातित घरायसी तथा व्यावसायिक जीम सम्बन्धी सम्पूर्ण उपकरण एकै छानामुनिबाट उपलब्ध गराउने कोशिश गरेका छौं संचालक रिमा अर्यालले भनिन् ।

काठमाडौं विक्री कक्षकै मुल्यमा भैरहवाबाट सेवा दिने भएकोले फिटनेश सामानकै लागि अन्यत्र भौतारिनु नपर्ने कम्पनीको दााबी छ, गुण्स्तरीय तथा अत्याधुनिक सामानहरु ट्रेडमिल, कार्डियो, स्पाका सामान, फलोरिङ तथा आउटडोर फिटनेशका सामानहरु कम्पनीले फ्रि होम डेलिभरी, बिक्रीपछिको सेवा, सपोर्ट एण्ड मेन्टिनेन्स तथा वारेन्टी जस्ता सेवाहरु निरन्तर रुपमा प्रदान गर्दै जाने, तथा देशका विभिन्न स्थानमा शो रुम विस्तार गर्ने कम्पनीले जनाएको छ ।
पहिलो चरणमै करीब ५० लाखको लगानीमा स्थापना भएको शोरुमले उद्घाटन कार्यक्रममा कम्पनीले पहिलो ग्राहक दुश्यान्त थापालाई समेत सम्मान गरेको छ ।

कम्पनीकै समन्वय र सहकार्यमा भैरहवामा अहिले सम्मकै अत्याधुनिक जिम हाउस पनि केही समयमा संचालन ल्याउदै छ ।
उद्घाटनको अवसरमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले मानिस स्वास्थ्य हुनका लागि जनचेतनाका साथ साथै उपकरणहरु पनि आवश्यक भएकोले फिटनेश च्वाइसले त्यसको उपलब्धता भैरहवाबासीको लागि गरेको बताए । कोभिडको महामारीमा स्वास्थ्य सुरक्षा नै मूख्य रहेको बताउदै उनले अहिले कोभिडको कारण बाहिर गएर ब्यायम, मर्निङ वाक लगायत गर्न गाह्रो भएको तथा सुरक्षाका कारण बाहिर जान नसक्नेका लागि फिटनेश च्वाइसले उत्तम विकल्प दिएको बताए ।

त्यस्तै कम्पनीका ब्राण्ड एम्बेस्डर महर्जनले खेलको माध्यमबाट एक व्यक्तिले गर्दा देशको प्रतिनिधत्व हुने हुंदा फिटनेशलाई जीवनशैलीको रुपमा लिन आग्रह गरे । अहिले बाहिरी वातावरण, सुरक्षा, मौसमले शरीरिक सुगठन र फिटनेशहरुका लागि बाधा रहेको अवस्थामा फिटनेश च्वाइसका उपकरण घरमै राखेर यसको फाइदा लिन सकिने बताए । फिटनेशको लागि बडी बिल्डिङ मात्र नभई खेल पनि उत्तिकै महत्वपूर्ण रहेकोले खेल र फिटनेशको माध्यमबाट देशलाई चिनाउन सकिने उनले बताए ।