Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अवैध ओसारपसारमा संलग्न ट्रक, ३२ वटा गाइगोरु सहित ५ जना प्रहरी नियन्त्रणमा


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०७८ बिहिवार
  • 1.2K
    SHARES

अवैध ओसारपसारमा संलग्न ट्रक, ३२ वटा गाइगोरु सहित ५ जना प्रहरी नियन्त्रणमा

भैरहवा ।  रुपन्देही प्रहरीले ३२ वटा गाई गोरु नियन्त्रणमा लिई भन्सार चलान गरेको छ । 

कार्यालय मातहत ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाच् गर्ने क्रममा विना कागजात अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । 

मंगलबार राती साढे ११ बजेको समयमा लुम्बिनी सास्कृतीक नगरपालिका वडा नं. ६ लोखडियामा ओसारपसरामा संलग्न ना६ ख १००३ नं.को ट्रक, २ वटा गाई गोरु, चालक सहित ५ जना मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारयण थापाले जानकारी दिए । 

ओसारपसारमा संलग्न चालक कपिलबस्तु नगरपालिका ९ कुश्मा बस्ने २७ वर्षिय दिपक बि.क., सह–चालक कपिलवस्तु वाणगंगा नगरपालिका ९ बस्ने २७ वर्षिय अनिल सुनार, रुपन्देही लुम्बिनी सास्कृतीक न.पा. ६ सुजन्डिहवा बस्ने ३२ वर्षिय अजिजुल्लाह मिया, २२ वर्षिय अनिस अहमद र सोही स्थान ३ पडरिया बस्ने १४ वर्षिय सफिक खानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएकोछ । 

 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार