Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही कारागारलाई पुस्तक हस्तान्तरण


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०७८ बिहिवार
  • 1.8K
    SHARES

रुपन्देही कारागारलाई पुस्तक हस्तान्तरण

भैरहवा । महान्यायाधिवक्ताको कार्यालयमार्फत उच्च सरकारी वकिल कार्यालय बुटवल, रुपन्देहीले रुपन्देही कारागारलाई पुस्तक हस्तान्तरण गरेको छ ।

बिहीबार कारागार परिसरमा आयोजित एक कार्यक्रमकाबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सह–न्यायधिवक्ता मोहन सागर बस्यालले कारागार प्रमुख नारायण पन्थिलाई पुस्तकहरु हस्तान्तरण गरेका हुन ।

WhatsApp Image 2021-08-05 at 5.45.11 PM.jpeg

कार्यक्रममा उच्च सरकारी बकिल कार्यालय बुटवलका उपन्यायधिवक्ता कृष्ण चन्द पाण्डे, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता डम्बर प्रसाद काफ्ले, रुपन्देही प्रहरी प्रमुख मनोज कुमार केसी, महान्याधिवक्ताको कार्यालय काठमाडांैका सहायक न्यायधिवक्ता शिव वाग्ले लगायतको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी असमान तामाङले कारगार भित्र रहेका कैदी तथा बन्दीले पुस्तकलाई सही रुपमा प्रयोग गर्ने वातावरणको सृजना आन्तरिक प्रशासनले गर्न आग्रह गरे । उनले पुस्तक तल्लो तह सम्म सही रुपमा सदुपयोग गरी कैदीहरुको जिवन परिवर्तन गर्ने, ज्ञान क्षमता विकास गर्न सहयोग पुग्ने बताए ।

महानयायधिवक्ताको कार्यालयले कारागारको अनुगमन तथा निरीक्षण गर्दा यहाँ रहेको समस्यालाई समाधान गर्न पहल गरे स्वरुप करागार भित्र लाइबे्ररीको व्यवस्थापन गरिएको छ ।  अध्ययनले नै जीवनशैलीमा ठूलो उपलब्धी र परिवर्तन ल्याउने हुंदा पुस्तक अध्ययन गरेर सुधारिने मौका मिलोस् भन्ने अभिप्रायले पुस्तक हस्तान्तरण गरिएको हो ।

WhatsApp Image 2021-08-05 at 5.45.12 PM (1).jpeg

उच्च सरकारी वकिल कार्यालय बुटवल, रुपन्देहीका प्रमुख सह–न्यायाधिवक्ता मोहन सागर बस्यालले धेरै नै महत्वपूर्ण विधाका पुस्तक कारागारमा हस्तान्तरण गरेकाले पुस्तकको दर्ता र अभिलेखिकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरे ।

सानो कुराले पनि ठूलो नतीजा ल्याउने बताउंदै उनले गत वर्ष मात्रै भैरहवा स्थित बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेकोले धेरै परिवर्तन पाएको बताए ।

नेपालको संविधान, साहित्य, मुलुकी, देवानी, कानूनी विषय, कथा, उपन्यास, शब्दकोश, प्रशासनिक संरचना लगायतका विधाका २८० वटा पुस्तक १ लाख २० हजार बढी मुल्य बराबरको हस्तान्तरण गरिएको उच्च सरकारी वकिल कार्यालय बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीले बताए । कारागारमा ४५१ कैदिबन्दी रहेका छन ।


लुम्बिनी चिन्तन

थप समाचार