भैरहवा । रुपन्देहीमा कोरोना भाइरसविरुद्धका खोपको दोस्रो डाेज आगामी सोमबार यही साउन २५ गते हुने भएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार कोभिड तथा खोप समन्य समितिका अध्यक्ष एबं जिल्ला प्रमुख जिल्ला अधिकारी आश्मान तामाडको अध्यक्षतमा बसेको वैठकले रुपन्देहीमा २ चरणमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी सोमबार देखि लगाउने निर्णय गरेको हो ।
गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य कार्यलयले जनाएको छ । पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिन थालिएको डा राजेन्द्र गिरीले बताए ।
पहिलाे चरणामा २५र २६ गते लुम्बिनी प्रादेशिकअस्पताल बुटबल, आम्दा अस्पताल बुटबल,बुटबल उपमहानगरपालिका ,सियारी गाउँपालिका शुद्धोधन गाउँपालिका ,ओमसतिया ,तिलोत्तमा नगरपालिका ,रोहोणीगाउँपालिका, सैनामैना नगरपालिका ,देबदह नगरपालिका र प्रहरी तालिमकेन्द्र रहेका छन ।
त्यस्तै दाेस्राे चरणामा २८ र २९गते भीमअस्पताल, गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, सिद्धार्थनगर पालिका, मर्चवारीमाई गाउँपालिका, समरीमाई गाउँपालिका,जिल्ला प्रहरी कार्यलय भैरहवा,युसिएमएस भैरहवा ,लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेबि गाउँपालिका गरि ११ स्थानमा संञ्चालन हुने भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए ।