भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । लागु औषध कारोवार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित संलग्न कारोबारीहरुलाई पक्राउ गरेको हो ।
वुटवल उप महानगरपालिका वडा नं.२ मैनाबगर स्थित सानुदेवि पुनको कोठा भित्र लागु औषध कारोवार भइरहेको सूचनाको आधारमा बिहीबार दिउसो २ खानतलासी गर्दा लागु औषध सहित वुटवल उप महानगरपालिका वडा न ११ घर भएकी ४५ वर्षीया सानुदेवि पुन, सिद्धार्थनगर नगरपालिका ३ का ४२ वर्षीय प्रकाश बानिया र नवलपरासीको सरावल गाँउपालिका ४ की ३५ वर्षीया सुभादेवि हरिजन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिए ।
उनीहरुबाट २ एमएलका सेरिज्याक ४७६ एम्पुल, नुफिन ४६२ एम्पुल, फेनारागन ४५७ एम्पुल, नाईट्रसोन ७० ट्याब्लेट, नाईट्राभेट ६७५ ट्याब्लेट, लु ६१ प ८९६८ नम्बरको यमाहा मोटरसाईकल र ४ थान मोबाईल सेटहरु पनि बरामद गरिएको प्रवक्ता थापाले जानकारी दिए ।