Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दुबै देशका व्यवसायी राष्ट्रिय झण्डा सहित सिमामा, पर्सीबाट नाका बन्द गर्ने 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ९, २०७७ आइतवार
  • 970
    SHARES

दुबै देशका व्यवसायी राष्ट्रिय झण्डा सहित सिमामा, पर्सीबाट नाका बन्द गर्ने 

भैरहवा । नेपाल–भारत दशगजामा दुबै देशका व्यवसायीहरुले राष्ट्रिय झण्डा सहित सिमामा धर्ना प्रदर्शन गरेका छन । 
करिब एक वर्ष देखि बन्द रहेको सिमाको कारण दुबै देशको पर्यटन व्यवसाय ध्वस्त भएको भन्दै आइतबार आन्दोलनको सातौ दिन नेपाल भारतका सयौ संख्यामा व्यवसायीहरु दशगजामा आएर नाराबाजी गरेका हुन ।

_DSC0185.JPGसिमानाका बेलहियामा फागुन ३ गते देखि नियमित धर्ना कार्यक्रम भइरहेको छ, आइतबार अन्तिम दिनको रुपमा दशगजामा दुबै देशका व्यवसायीहरु राष्ट्रिय झण्डा सहित नाराबाजी गरेका हुन । पर्यटन व्यवसायीहरुको अगुवाईमा भइरहेको शान्ति पूर्ण आन्दोलनमा आइतबार पनि नेपाल तर्फबाट सिद्धार्थ होटल एशोसियशन नेपाल सान, सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, लुम्बिनी होटल एशोसियन, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, नेपाल भारत अवध मैत्री समाज, लुम्बिनी मनि चेञ्जर, बेलहिया गाँउ समाज, गृहलक्ष्मी  समूह, यातायात व्यवसायी हरुले ऐकबद्धता जनाई सिमामा आन्दोलन गरेका छन । आन्दोलनमा भारत तर्फबाट पनि स्थानीय व्यवसायी, सुनौली व्यापार मण्डल, नेपाल भारत मैत्री संघ, उत्तरप्रदेश व्यापार मण्डल, ट्रान्सपोर्ट व्यवसायी संगठन, पटरी व्यवसायी संघ, नेपाल भारतका उद्योगी व्यवसायीहरुले ऐकबद्धता जनाउदै झण्डा सहित प्रशासनको काम निन्दनीय रहेकोले यथासिघ्र पर्यटन र पर्यटकको पुनः निरन्तरता तथा संचालनका लागि सिमा सुचारु गर्न माग गरे ।
हाम्रो आन्दोलनको फलस्वरुप सिमा सुचारु गर्न केन्द्रिय स्तरमा दुबै देशका सरोकारवाला निकायले छलफल गरिरहेको खबर आएको छ, सोमबार कुनै ठोस निर्णय नआए मंगलबारबाट सिमा नै बन्द गर्ने सिद्धार्थ होटल एशोसियशन शानका अध्यक्ष सिपी श्रेष्ठले बताए ।
शनिबार भएको घटनाले सिमामा भारत पक्षले सुरक्षाकर्मी बढाएको छ । नौतनवाका एसडीएम प्रमोद कुमार, नौतनवाका सीओ अजय सिंह चौहान, एसएस्बी सहायक सेनानायक संजय प्रसाद, सोनौली कोतवाली धनन्जय सिंह, चौकी प्रभारी अशोक कुमार सहित सुरक्षाकर्मीको दल सिमामा खटिएका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार