भैरहवा । 'मास्क लगाऔं, महामारीबाट बचौ र बचौं, लकडाउन ननिम्त्याऔं' भन्ने नाराका साथ रुपन्देहीमा सप्ताह व्यापी कोरोना संक्रमण सचेतना कार्यक्रमकाे सुरुवात भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहकार्यमा आइतबार जिल्ला प्रशासन कार्यालयबाट कार्यक्रम सुरु भएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मास्क वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन । मास्क लगाऔ सुरक्षित रहौँ भन्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न संघले जिल्लाभर सचेतना मुलक सूचना प्रवाह गर्ने, मास्क वितरण गरी कोरोना भाइरस संक्रमण न्यूनीकरणमा गर्न कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए ।
संक्रमणको बृद्धिले निम्तिने निषेधाज्ञाका कारण उद्योगी व्यासायीहरुमा असर पर्ने हुदा निषेधाज्ञाको अवस्था नआओस भन्नका साताव्यापी सचेतना कार्यक्रम जिल्लाभर प्रवाह गरिएको अध्यक्ष न्यौपानेले बताए ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले पछिल्लो समय छिमेकी जिल्लामा बढेको कोरोना संक्रमणले निषेधाज्ञामा कडाई भएकोले रुपन्देहीमा पनि संक्रमणदर बढेको निषेधाज्ञा कडाइको तयारीमा रहेको बताए । नेपाल सरकारले आयोजना गरेको नेपाल मास्क अभियान मार्फत मास्क प्रयोग र उपयोगिताबारे जानकारी गराउदै कार्यालय परिसरमा एन्टिजन परीक्षण पनि गरिने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोभिड संक्रमणको अन्तय गर्न हामी नसकेको बताउदै हाल उपलब्ध भएको सेवा पनि अवरुद्ध नहोस भन्नका लागि समयमै सचेत हुन मास्क अभियान संचालन गरिरहेको बताए । सचेतना कार्यक्रम जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सुरुवात गरि अन्य जिल्लामा पनि लगिने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देही ओमप्रसाद खनालले मास्क लगाउने तरिका यस्को प्रयोग र महत्वको बारेमा जानकारी गराएका थिए । विभिन्न रुटमा साता व्यापी रुपमा २ वटा गाडीबाट सचेतनाको सूचना प्रवाहका साथै मास्क वितरण हुनेछ भने । गाडीमा डमी सहित मास्कको प्रयोग, सचेतना व्यानर, सुचनामुलक सन्देश र माइकिङ समेत हुने सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य समिति संयोजक गोपाल भण्डारीले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवाल, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, संघका पदाधिकारी, सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रजिअ तामङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनाेज केसी, सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रेती, संघका पदािधकारी लगायतले मास्क समेत वितरण गरेका थिए । कार्यक्रमको संचालक संघका महासचिव विजय पाण्डेले गरेका थिए ।