Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जापानबाट आइपुग्यो तीन लाख डोज खोप, बाँकी एक हप्तापछि आउने


  • लुम्बिनी चिन्तन
  • श्रावण २४, २०७८ आइतवार
  • 1.3K
    SHARES

जापानबाट आइपुग्यो तीन लाख डोज खोप, बाँकी एक हप्तापछि आउने

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप आइपुगेको छ । 

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजो शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ । 

यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ । 

अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डोज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डोज खोप खरिद गरेको छ । चीनबाट ४० लाख डोज भेरोसेल र भारतबाट २० लाख डोज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डोज खोप अझैसम्म आपूर्ति भएको छैन । 

यसैगरी भारतबाट अनुदानमा ११ लाख डोज कोभिशिल्ड ९नेपाली सेनासहित० प्राप्त भएको छ । चीनबाट १८ लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार डोज कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार डोज जे एन्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भिडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार चार सय ३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार नौ सय ८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार चार सय २२ पुर्‍याइएको छ । काठमाण्डौ उपत्यकामा ८३ खोप केन्द्र थप गरी एक सय ४९ पुर्‍याइएको छ । 


  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप

  • लुम्बिनी चिन्तन

    थप समाचार