Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

चिनबाट आयतित माछाबाट नश्ल सुधार हुदैं, २ वर्षमा प्रतिस्थापन गरिने


  • लुम्बिनी चिन्तन
  • श्रावण २५, २०७८ सोमवार
  • 2.2K
    SHARES

चिनबाट आयतित माछाबाट नश्ल सुधार हुदैं, २ वर्षमा प्रतिस्थापन गरिने

भैरहवा । नेपालको तराई क्षेत्र माछाको उर्वर भुमि हो । यहां भारत चिन लगायतका देशबाट विभिन्न प्रजातिका माछाहरु आयतित छन । धेरै समय सम्म ति माछाहरुको गुणमा असर देखिएपछि पछिल्लो समय उत्पति स्थलबाट नै नयां शुद्ध नश्लको माछाबाट नश्ल सुधार भइरहेको छ । मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रले देशभर माछाको नश्ल सुधारका लागि चिनबाट शुद्ध नश्लका माछा ल्याई पुराना नश्ललाई प्रतिस्थापन गर्ने जिम्मा भैरहवा स्थित स्रोत केन्द्रलाई दिएको  छ ।

पुराना नश्लका माछाको माउबाट उत्पादित भुराहरु गुणस्तरीय नहुने, माछाको बृद्धिद्धर घट्ने, आकार र तौलमा कम हुने, माछाको प्रजनन क्षमता घट्नुका साथै रोग प्रतिरोधात्मक शक्तिमा ह्रास आउने लगायत माछामा अनुवांशिक समस्या देखिएकाले शुद्ध नश्लका  माछाबाट नश्ल सुधार भइरहेको छ । मत्स्य ह्याचरी कर्ताहरुले माउ व्यवस्थापन र प्रजननमा ध्यान नदिदा माछाको अनुवंशिक गुणहरुमा असर परेर विविधता हराउदै गएको छ ।  

_DSC0358.JPG

रोहु, नैनी, भाकुर बाहेकका कमन, सिल्भर, बिगहेड र ग्रास जातको सबै पुराना माछाहरु विस्थापित गर्ने कार्य मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्र भैरहवाले गरिरहेको  छ । कार्यालयले ११ क्वीन्टल माछा जसमा अधिकांश कमन जातको माछाको माउ यही वर्ष मात्रै प्रतिस्थापन गरेको छ । अहिले कार्यालयमा साढे ६ टन बढी माउ माछा रहेका छन जसमध्ये ४० क्वीन्टल पुराना नश्लको र २५ क्वीन्टल नयां नश्लको  माछाका माउहरु चिनबाट आएका छन ।

कार्यालयले अबको २ वर्षमा पुराना नश्लका माछा हटाएर नयां नश्लका माछाहरु भुरा उत्पादनका लागि योजना बनाएको कार्यालय प्रमुख महेश चन्द गुप्तले बताए । ‘अब माउको स्रोतको रुपमा विकसित हुदैछ, भुरा उत्पादन गरी निजी तथा सरकारी हयाचारीहरुलाई भुरा उत्पादनका लागि माउ दिने योजना कार्यालयको रहेको प्रमुख गुप्ताले बताए । कार्यालयले भुरा उत्पादन गरी बेच्नु भन्दा ह्याचरी किसानलाई शुद्ध नश्लको माउ माछा नै बिक्री–वितरण गरेर माछाको गुणस्तर सुधार गर्न सकिने भएकोले त्यस तर्फ केन्द्रित हुदै गएको छ ।

fish (1).jpg

कार्यालयले माछाको अभिलेखीकरण गर्दै पिट ट्याग लगाएर माउ विक्री वितरण गर्ने कामलाई समेत अघि बढाएको छ । नेपालमा करीब ४० देखि ४५ हजार वटा शुद्ध नश्लको माउ आवश्यक रहेकोमा कार्यालय अबको २ वर्षमा उपलब्ध गराउने गरी गृहकार्य गरेको छ । त्यसका लागि भौतिक पूर्वाधार तयार छ भने केही निर्माणको क्रममा छ, हालको माग अनुसार हामीले शुद्ध नश्लका माउहरु उपलब्ध गराएका छौं उनले भने ।

‘२ वर्षको अन्तरालमा करीब साढे ५ हजार माछामा पिट ट्याग लगाएर माउ वितरण गरेका छौ । यसरी टयाग लगाएको माछाको रेकर्ड हामीले राख्छौ, कुन जातको माछा हो, त्यसको पूर्ण विवरण, तौल र कुन पोखरीमा छ भन्ने तथ्याङ्क समेत उक्त माछाको भित्रि भागमा राखिएको ९ एम एम पिट टयागमा रहेको हुन्छ । टयाग रिडरको सहायताले पिट टयाग स्क्यान गरिन्छ । माछाको विउ उत्पादनमा आनुवंशिकता कायम राख्न ट्यागिङ भइरहेको छ ।’ कार्यालय प्रमुख गुप्ताले भने ।

IMG_20210806_120604.jpg

कार्यालयले माउ माछाको व्यवस्थापन, प्रजनन, मत्स्य विज वितरण, माछाको भुरा उत्पादन र विक्री वितरण गर्नुका साथै विभिन्न समयमा माछा पालनमा हुने समस्या, रोग, प्राकृतिक कारण, किराहरुको आक्रमण र पानीको गुण्स्तर सम्बन्धमा काम गरिरहेको र उपचारका लागि परामर्श दिने लगायतको काम गर्दै आएको कार्यालयका सूचना अधिकारी तथा मत्स्य विकास अधिकृत लक्ष्मी कार्कीले बताइन ।

२३ हेक्टर क्षेत्रफलमा रहेको कार्यालय भित्र करीब साढे ९ हेक्टर जल क्षेत्र छ । कार्यालयले ३ किसिमको भुरा उत्पादन र विक्री गरेको छ । एक हप्ताका ह्याचलीङ, २–३ इन्चको फिन्गरलिङ र ३–५ इन्चको एडवान्स फिन्गरलिङ गरी ३ प्रकारका भुरा उत्पादन र विक्री वितरण गर्दै आएको मत्स्य विकास अधिकृत रमेश जैसवालले बताए । नयां नश्लको माछाबाट बढि उत्पादन हुने भएकोले अहिले माग पनि बढेको छ । ०६६/६७ बाट नयां नश्ल चिनबाट भुरा ल्याई सुरुवात गरेकोमा २०७२/७३ बाट भुरा उत्पादन गरी विक्री गरिरहेका छौ मत्स्य विकास अधिकृत जैसवालले भने ।

रुपन्देही मत्स्य खेतीको उर्वर भूमिको रुपमा छ, यहँं सयौं किसानले व्यवसायीक रूपमा माछापालन व्यवसाय गर्दै आएका छन् ।

लक्ष्य भन्दा दोब्बर भुरा उत्पादन

कार्यालयलाई ३ करोड ह्याचलीङ, २० लाख फिन्गलिङ  र १० लाख एडवान्स फिन्गलिङ गरी २०७७/०७८का लागि ३ करोड ३० लाख लक्ष्य दिएपनि लक्ष्य भन्दा करीब २ गुणा बढी भुरा उत्पादन र विक्री गरेको छ । विगतका वर्षहरुमा शत प्रतिशत लक्ष्य ल्याएको कार्यालयले कोभिड–१९ महामारीका कारण २०७६/०७७मा शत प्रतिशत लक्ष्य हासिल नगरेपनि अहिले भने लक्ष्य पार गरेको मत्स्य विकास अधिकृत कार्कीले बताइन ।

३ करोडको लक्ष्य पाएको ह्याचलीङ साढे ५ करोड बढी उत्पादन भई विक्री भएको छ , त्यस्तै फिन्गलिङ र एडवान्स फिन्गलिङको उत्पादन र विक्रीको लक्ष्य समेत पार भएको छ । कार्यालयमा बर्दिया देखि पूर्वको बारा सम्मका र उत्तर तर्फ कास्की, जुम्ला सम्म भुराहरु गइरहेको तथ्याङक छ उनले भनिन् ।

fish (2).jpg


लुम्बिनी चिन्तन

थप समाचार