Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

खाद्यन्न लुटपाट गरी चालक हत्या गर्ने चारजनालाई रुपन्देही प्रहरीद्वारा पक्राउपछि सार्वजनिक


  • सम्झना शर्मा
  • श्रावण २६, २०७८ मंगलवार
  • 1.4K
    SHARES

खाद्यन्न लुटपाट गरी चालक हत्या गर्ने चारजनालाई रुपन्देही प्रहरीद्वारा पक्राउपछि सार्वजनिक

भैरहवा ।  गाडी चालकको हत्या गरी रुपन्देहीमा १८ लाख मुल्य बराबरको चामल लुटिएको घटना सार्बजनीक भएको छ ।

भारतीय नम्बर प्लेटको युपि ५३ एटि ०१४१ नम्बरको ट्रकबाट नेपाल आएको चामल रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडानं ६ निवासी बर्ष ३० का सद्धाम कुजडा, साहीे स्थानका बर्ष २७ का रिजवन भन्ने अलि मुसलमान , बर्ष २८ का महेश कहार र तनहु शुक्लागण्डकी १० बस्ने बर्ष २७ को सुनिल पौडेलको संलग्नतामा चालकको हत्या गरि चामल लुटिएको जिल्ला प्रहरी कार्यालय रुपन्द्येहीका प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए ।

काठमाडौंमा रहेका नन्दन नाम गरेका ब्यापारीले मगाएको चामल रुपन्देहीमा लुटिएको हो । लुटपाटमा संलग्नहरुले गाडी चालक भारत महाराजगंज ग्राम एकडेगवा टोल बुडवा बस्ने तौफिक अहमद पठानको हत्या गरेका थिए । उनको शब सिद्धार्थनगर नगरपालीका वडानं १३ डण्डा खोलामा पानीमा तैरिएको अवस्थामा प्रहरीले साउन २० गते फेला पारेको थियो ।

कसरी हत्या गरियो ?

घटना बिवरण अनुसार भारतबाट नेपाल चामल सप्लाई गर्ने ब्यापारीले काठमाडौमा रहेका नन्दन नाम गरेका ब्यापारीलाई २०७८ साउन २० गते १८ लाख मुल्य बराबरको चामल पठाएका थिए । चालक भारतीय भए पनि रुपन्देहीमा नै ससुराली भएका कारण उनि सधै चामल लिएर आउने गरेको प्रहरीको भनाई छ ।

चामल नेपाल आउदैछ भन्ने चाल पाएसंगै रुपन्देहीको सिद्धार्थनगर नगरपालीका वडानं ६ निवासी बर्ष ३० का सद्धाम कुजडाले काठमाडौंका नन्दन भन्ने ब्यापारीले चामल मगाएको भन्ने पता लगाएर उनको मोवाईल नम्बर खोजी गरी दोस्रो ब्यापारीका रुपमा नन्दनसंग पटक पटक कुरा गरेको प्रहरीको भनाई छ ।

काठमाडौंका ब्यापारी नन्दन र सिद्धार्थनगका सद्धाम बिच प्रत्यक्ष चिनजान नभए पनि नगद कारोबारमा चामल खरीद गर्ने भन्ने फोनमा डिल भए पछि गाडी चालकसंग सम्पर्क गराएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

काठमाडांैका ब्यापारीले गाडी चालकलाई भैरहवा भन्सारमा साउन २० गते भन्सार सम्बन्धित सबै काम सकेपछि भन्सार कार्यालय देखी करीब एक किलोमिटर बाईपास रोडमा आई  सद्धाम कुजडा , रिजवन भन्ने अलि मुसलमान  र महेश कहार चालकसंग बसी मादकपदार्थ सेवन गरेको र राति हिड्दै डण्डा खोला नजीक पुगेपछि ईट्टा प्रहार गरि खोलामा फालेको खुलेको छ ।

त्यसपछि ट्रक लिएर नवलपरासीको भुमईमा लगी दुई वटा नेपाली ट्रकमा चामल अनलोड गरि भारतीय ट्रकलाई पुन फर्काएर सुनौलीमा पुराई छाडेको अनुसन्धानमा खुलेको रुपन्देहीका प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए ।

दुई वटा ट्रकमा रहेको चामललाई तनहु शुक्लागण्डकी १० बस्ने बर्ष २७ को सुनिल पौडेललले अर्को चामलको बोरा तयार गरी नयां ब्राण्ड्को चामल बनाएर बिक्री गर्ने जिम्मा लिएका थिए । त्यसका लागी उनिहरुले चामलको बोरो समेत बनाईसकेको प्रहरीको भनाई छ । प्रहरीले लुटिएको चामल र हत्या र लुटपाटमा संलग्नहरुलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडी बढाएको छ ।


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • सम्झना शर्मा

    थप समाचार