Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीको पर्यटनलाई लक्षित गरी होटल सन स्टार ईन्टरनेशनल संचालनमा 

विशाल पार्किङ्ग सहित होटल हस्पिटालिटीका सबै सेवा उपलब्ध


  • सम्झना शर्मा
  • श्रावण २७, २०७८ बुधवार
  • 5.4K
    SHARES

लुम्बिनीको पर्यटनलाई लक्षित गरी होटल सन स्टार ईन्टरनेशनल संचालनमा 

भैरहवा । होटल सनस्टार ईन्टरनेश्नल संचालनमा आएको  छ । सिद्धार्थनगर ८ लुम्बिनीरोडबाट बसडिलवा जाने चोकमा सम्पुर्ण होटल हस्पिटालिटी सहित विशाल पार्किङ्ग भएको होटल सनस्टार ईन्टरनेश्नलले लकडाउनकै बीचमा आफ्नो निर्माण कार्य सम्पन्न गरी सेवा संचालनमा ल्याएको हो ।

गुल्मी स्थायी घर भई जापानमा करीब ७ वर्ष रेष्टुरेण्ट संचालन गरी लामो अनुभव संगालेका व्यवसायी राजेश महोत्राको एकल लगानीमा होटल सनस्टार संचालनमा ल्याईएको हो ।

तिन करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी  उच्चस्तरीय सेवा दिने उद्देश्यले होटल संचालनमा ल्याईएको संचालक महोत्राले बताए । उनका अनुसार लुम्बिनी गेटभन्दा पश्चिम, बसडिलवा मन्दिर जानेबाटोको चोकमा विशाल पार्किङ्ग सहितको होटल संचालनमा ल्याईएको हो ।

होटलमा डिलक्स, स्वीट सहितका सुविधायुक्त २२ वटा रुम, ४० जना अट्ने सभाहलको व्यवस्था रहेको छ । खुल्ला स्थान र प्रत्येक रुममा बालकोनी रहेका छन् । यस्तै होटलमा टिपिकल नेपाली खाना, थाली सेट, थकाली स्वाद, ईण्डियन, चाईनिज, कन्टिनेन्टल खानाका परिकारहरु उपलब्ध गराईने होटलका म्यानेजर सागर भण्डारीले बताए ।

collage (2).jpg

उनका अनुसार होटलमा वर्थडे पार्टी, पास्नी, गु्रप पार्टी, गेट टुगदरका लागि शान्त वातावरणयुक्त क्याविनको व्यवस्था रहेको छ । होटलको एरियामा वाईफाई उपलब्ध छ उनले भने । होटल धरै छन तर होटल सनस्टार ईन्टरनेश्नल मार्फत हामीले कम शुल्कमा उच्च स्तरीय सेवा दिने प्रयास गरेका छौं ।  लुम्बिनीरोडको ६ लेन सडक छेउमै होटल रहेका कारण विमानस्थल आउने जानेहरुका लागि पायक पर्ने उनले बताए । होटल व्यवस्थापन टीम सक्षम र अनुभवी रहेको समेत भण्डारीले दावी गरे ।

होटल संचालक महोत्रा सामाजिक रुपमा पनि प्रतिष्ठित, शालिन र यो क्षेत्रमा धरैराम्रो अनुभवी भएका कारण होटल सनस्टार ईन्टरनेश्नल सबैको रोजाई बन्ने छ म्यानेजर भण्डारीले भने । होटल संचालक महोत्रा होटल व्यवसाय महासंघ नेपालका केन्द्रिय सदस्य, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका कार्यसमिति सदस्य समेत रहेका छन् ।

होटल सिद्धार्थमा लामो समय काम गरेका म्यानेजर भण्डारीलाई होटल व्यवस्थापनमा राम्रो अनुभव रहेकोले आउने पाहुनाले पारिवारिक वातावरण महसुस गर्नेमा आफु विश्वस्त रहेको संचालक महोत्राले विश्वास व्यक्त गरे  ।

भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलबाट लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी होटलमा सोही किसिमको सुविधा उपलब्ध रहेको संचालक राजेश महोत्राको भनाई छ ।

collage (1).jpg

विकासको क्रमसंगै मानव वस्तीको चापका कारण सिद्धार्थनगरमा पछिल्लो समय संचालनमा आएका होटलहरुमा प्रसस्त पार्किङ्ग सुवधा नहुंदा ट्राफिक जामको समस्या झेल्दै आएकोले होटल सनस्टार ईन्टरनेश्नलमा त्यो समस्या नभएको उनले दावी गरे । “हामीसंग विशाल पार्किङ्गको सुविधा छ ” उनले भने । गौतमबुद्ध विमानस्थल हुदै काठमाडौं जाने भैरहवा वाहिरका यात्रुले आफ्नो नीजि सवारी पार्किङ्ग गर्न सक्ने उनले बताए । अहिले आफ्नै गाडि हुदाहुदै पनि विमानस्थलमा नाईट पार्किङ्ग गर्न कठिन छ , अब दुईचार दिनका लागि काठमाडौं जांदा ढुक्क संग हाम्रो पर्किङ्गमा पार्क गर्ने र फर्किने समयमा आफ्नै गाडि लिएर घरसम्म जान सक्नेछन् । महोत्राले बताए ।

संचालनको संघारमा रहेको गौतमबुद्ध विमानस्थल, देशकै दोसो ठुलो सुनौली नाका, सरकारले ल्याएको बौद्ध सर्किटको अवधारणा लगायत पर्यटनका आधारका कारण यस क्षेत्रमा सुविधायुक्त होटलहरु खुल्ने क्रम बढेको छ ।

collage.jpg

तर कोरोना कहरका कारण अन्तराष्ट्रिय उडान बन्द हुंदा बाह्य पर्यटकको आगमनमा कमि आएको छ भने कोरोनाका कारण आन्तरिक पर्यटन शिथिल हुंदा होटल व्यवसायी मारमा परेका छन् । पछिल्लो समय लुम्बिनीको पर्यटन प्रवद्धनमा नीजि क्षेत्रको आर्कषण बढेकोले लगानी सुरक्षित गर्न सरकारले होटल क्षेत्रलाई लक्षित गरी विषेश राहतको प्याकेज कार्यन्वय गर्नुपर्ने समेत व्यवसायीहरुले माग गरेका छन् ।


सम्झना शर्मा

थप समाचार