Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

शुक्रबार देखि जेसिज सप्ताह २०२१ 


  • लुम्बिनी चिन्तन
  • श्रावण २७, २०७८ बुधवार
  • 1.3K
    SHARES

शुक्रबार देखि जेसिज सप्ताह २०२१ 

भैरहवा । जेसिआई सिद्धार्थले वर्षेनी मनाउदै आएको जेसिज सप्ताह यस वर्ष शुक्रबार देखि मनाइने भएको छ । 

सप्ताह व्यापी कार्यक्रम सहित मनाइने जेसिज सप्ताह २०२१ बारे भैरहवामा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
वर्षौ देखि मनाउदै आएको सप्ताह विगत ३ वर्ष देखि पुन ः निरन्तरता दिदै मनाइदै छ ,  कोरोना महामारीलाई मध्यनजर गर्दै यस वर्ष स्वास्थ्य मापदण्डलाई पालना गरेर सप्ताह मनाउन लागिएको जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवालीले बताए  ।

collage.jpg

जेसिआई सिद्धार्थ नेपाल र सिद्धार्थ लेडि जेसिसले संयुक्त रुपमा मनाउदै आएको सप्ताह विगत २ वर्ष देखि जेसिआई सिद्धार्थ नेपालले एकल रुपमा मनाउदै आएको छ । शुक्रबार देखि सुरु हुने सप्ताहमा शिक्षा,व्यक्तित्व विकास, स्वास्थ्य, खेलकुद, साहित्य लगायतका बिविध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाउने जेसीआई सिद्धार्थ नेपालका महासचिव सागर पोखरेलले जानकारी दिए । 

सन१९७५ सालमा स्थापित सस्थाले सप्ताहलाई निरन्तरता दिदै यस वर्ष पक्लिहवा माविका विद्यार्थीहरुलाई शौक्षिक सामाग्री वितरण गरी सप्ताहको उद्घाटन गरिने छ । त्यस्तै सदस्यहरुलाई मोटिभेसनल तालिम, खेलकुदको माध्यमबाट एक आपसको सम्बन्ध अझै प्रगाढ बनाउने उद्देश्यका साथ जेसिआई सिद्धार्थ नेपाल र लुम्बिनी प्रेस क्लब बीच फुटसल प्रतियोगिता, सिद्धार्थ बाल गृहका बालबालिका बीच चित्रकला प्रतियोगिता तथा खिर खुवाउने,  युनिभर्सल मेडिकल कलेजको प्रविधिक सहयोग सिद्धार्थनगर वडा नम्बर ९को समन्वयमा वडा स्तरीय दन्त शिविर, साहित्य तर्फ खुल्ला कविता प्रतियोगिता र सातौ दिन समापन एबं पुरस्कार बितरण कार्यक्रम हुने जेसिज सप्ताहका निर्देशक दिपक काफ्लेले बताए । 


लुम्बिनी चिन्तन

थप समाचार