भैरहवा । रोट्रयाक्ट क्लवअफ सेन्ट्रल लुम्बिनीले नेतृत्व विकास तथा उत्प्रेरणात्मक तालिम गरेको छ । क्लवका पदाधिकारी तथा सदस्यहरुका लागिआयोजित तालिममा प्रशिक्षकदिनेश खड्काले सकारात्मक सोच, सफलताकालागिअपनाउनुपर्ने उपायहरु तथा नेतृत्वविकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिए। क्रियाकलापमाआधारित रहेको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष बाबुराम खनालकाे अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीकाअध्यक्ष हिरा बहादुर शाह, पूर्व अध्यक्ष कृष्ण पाण्डे, कार्यक्रम संयोजक उपेन्द्र यादव लगायतले बोल्दै नेतृत्व विकासका लागि तालिम अत्यन्तै उपयोगी भएको भन्दै अहिले झण्डावाला नेता भन्दा पनि कर्म गर्ने नेतृत्वको आवश्यकता रहेको बताए । कार्यक्रममा सह–कोषाध्यक्ष अस्मिताअधिकारी, सदस्यहरु प्रदिप सापकोटा, समसुद्धिन शेख लगायतका सहभागीहरुले तालिमको अनुभव सुनाएका थिए ।
यसै बीच तालिममा सहभागीहरुले मेरो सहर सफा सहर अभियान सुरु गरेका छन् । तालिममा सिकेको सीपलाई व्यवहारमा परिवर्तन गर्नका लागिअभियान सुरु गरिएको क्लवकाअध्यक्षले बताए । सहरमा हुने फोहोर मैला व्यवस्थापनका लागि क्लवले समन्वयात्मक भूमिका खेल्ने भन्दैे उहाँले यस कार्यकालागि सबैलाई सहयोग गर्न आग्रह गरे । क्लवको अगुवाईमा सरसफाईका क्रियाकलाप तथा सचेतनाका कार्यक्रम गरेर सानो तहबाट उदाहरणीय नेतृत्वको विकास गर्न उत्प्रेरित गरिएको प्रशिक्षक दिनेश खड्काले बताए ।