Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जेसिज सप्ताह २०२१ सुरु, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


  • लुम्बिनी चिन्तन
  • श्रावण २९, २०७८ शुक्रवार
  • 1.3K
    SHARES

जेसिज सप्ताह २०२१ सुरु, विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

भैरहवा । जेसिआई सिद्धार्थ नेपालले मनाउदै आएको जेसिज सप्ताह आज शुक्रबारबाट सुरुभएको छ । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै सप्ताह व्यापी कार्यक्रमको आज उद्घाटन गरिएको हो । 

सप्ताहको उद्घाटनको अवसरमा पहिलो कायृक्रम अन्तर्गत जेसिआई सिद्धार्थले पक्लिहवा माध्यमिक विद्यालयमा अध्यननरत २० जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  कक्षा ६ देखि ९ सम्म अध्यननरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, स्कुल व्याग लगायतका सामाग्री वितरण गरिएको जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवालीले बताए । _DSC0399.JPG

सप्ताहकोे उद्घाटन गर्दै प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले भविष्यका कर्णधार विद्यार्थीहरुबाट नै सप्ताहको सुरुवात गरेकोमा प्रशंसा गर्दै सामाजिक संस्थाका युवाहरुलाई राजनितिक नेतृत्व लिन आग्रह गरे । सांसद खानले युवाहरुको नेतृत्वबाट नै देश परिवर्तन सम्भव रहेकोले सामाजिक संगसँगै राजनितिक क्रियाकलापमा क्रियाशिल हुनु पर्ने, युवा नेतृत्व मंगल भण्डारीले कोभिड महामारीको बेला ज्यान जोखिममा राखेर पनि सेवा दिएकोले यस्ता युवाहरु जेसिजले समाजलाई  दिएकोमा प्रशंसा गरे । 

 

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जीवन ज्ञवाली, राष्ट्रिय कार्यकरिणी_DSC0390.JPG उपाध्यष भोजराज चापागाई, सिद्धार्थ उद्योग वाािण्ज्य संघ रुपन्देहीका अध्यक्ष भिष्म न्यौपाने, जेसिआई सिद्धार्थ नेपालका मानार्थ सदस्य डाक्टर गोबिन्द बल्लभ भट्ट,  लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, पूर्व अध्यक्ष सुशिल गुरुङ, निवर्तमान अध्यक्ष मंगल भण्डारी लगायतले जेसीजले व्यक्तित्व, समाजका लागी असल नेतृत्व विकासमा महत्पूर्ण योगदान पु¥याउदै आएको,  समाजमा सकारात्मक परिवर्तनको लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उनीहरुले युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउन जेसिसको भूमिका उल्लेखनीय रहेकोले आगामी दिनहरुमा पनि समाजको लागि फलदायीका लागि निरन्तरता दिनु पर्ने बताए । 

collage (1).jpg

वर्षौ देखि मनाउदै आएको सप्ताह विगत ३ वर्ष देखि पुन ः निरन्तरता दिदै मनाइदै छ ,  कोरोना महामारीलाई मध्यनजर गर्दै यस वर्ष शिक्षा,व्यक्तित्व विकास, स्वास्थ्य, खेलकुद, साहित्य लगायतका बिविध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाउन लागिएको जेसिज सप्ताह निर्देशक दिपक काफ्लेले बताए । शौक्षिक सामाग्री वितरण कायृक्रमका संयोजक दिपक सापकोटाको स्वागत, महासचिव सागर पोखरेलको संचालनमा भएको कार्यक्रममा अर्जुन कुवरले जेसिस आस्था पाठ गरेका थिए ।

_DSC0394.JPG

सन१९७५ सालमा स्थापित  जेसिआई सिद्धार्थ नेपाल र सिद्धार्थ लेडि जेसिसले संयुक्त रुपमा मनाउदै आएको सप्ताह विगत २ वर्ष देखि जेसिआई सिद्धार्थ नेपालले एकल रुपमा मनाउदै आएको छ ।  


लुम्बिनी चिन्तन

थप समाचार