Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नमस्ते एकेडेमीमा विज्ञान र ब्यवस्थापन संकाय सुरू गर्दै


  • लुम्बिनी चिन्तन
  • श्रावण ३०, २०७८ शनिवार
  • 1.5K
    SHARES

नमस्ते एकेडेमीमा  विज्ञान र ब्यवस्थापन संकाय सुरू गर्दै

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको नमस्ते एकेडेमीले यो वर्षबाट कक्षा ११ मा विज्ञान र ब्यवस्थापन संकायसमेत शुुरु गर्ने भएको छ। ब्रिटिस कलेजसंग सहकार्य गरि ब्यवस्थापन गरेकाे एकेडेमीले शुक्रबार आयोजित कार्यक्रममा नमस्ते एकेडेमीले २०७७ सालको एसईई उत्र्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्दै नयाँ योजनाको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले नीजि क्षेत्रको लगानीमा स्थापना भएको एकेडेमी समयसापेक्ष शिक्षा प्रदान गरेर अगाडि बढ्न सफल भएको बताए। नगरलाई शिक्षाको नमुना हब बनाउने लक्ष्य प्राप्तिमा सबै क्षेत्रको सहकार्य जरूरी रहेको उनको भनाई थियो । 

namaste acedemi1628919856.jpg

एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता डिल्लिनारायण पाण्डेले ३ विगाहा क्षेत्रफलमा एकेडेमीको पुर्वाधार निर्माण भएको बताए। विद्यालय स्थपना गर्दा शुरुवातमा धेरै नकारात्मक प्रचार गरिदा एकेडेमीले अवरोधहरु खेपेको भन्दै उनले कामको सिलसिलामा ब्यस्त रहने अभिभावकहरुलाई लक्षित अनुसार सेवा दिन सफल भएको उल्लेख गरे। 

एकेडेमीका राजेन्द्र कुवरले ३ वर्षक‍ो छोटोसमयमा नै शिक्षामा नया ढंगबाट ल्याएको बताए। अबको वर्षसंगै कक्षा ११ मा विज्ञान र ब्यावस्थापन संकाय शुरु गर्ने बताए। एकेडेमीबाट यो वर्ष २५ जना विद्यार्थीहरु उतिर्ण भएका थिए। 

DSC_6062-1-scaled.jpg

नमस्ते एकेडेमीलाई पश्चिम यसियाकै उत्कृष्ट शैक्षिक संस्था बनाउने योजना सहित आफूहरु आएको बताउँदै यसले शिक्षाका लागि बिदेशिने क्रममा समेत सुधार आउने नमस्तेका सञ्चालकहरुको विश्वास छ ।

ब्रिटिस कलेजका सिईयो राजेन कंडेलले उच्च शिक्षाकै लागि विदेश पठाउने परिपाटी अन्त्य गर्ने लक्ष्यसहित आफुहरु योजनाबद्ध रुपमा रुपन्देहीमा कार्यक्रम ल्याएको जानकारी दिए। नमस्ते एकेडेमीसंग सहकार्य गरि ब्रिटिस कलेजको ब्यवस्थापन गरि बढ्ने र यसलाई पश्चिम एशियाकै नमुना शिक्षा दिने रुपमा विकास गरिने उनको भनाइ थियो। 

बृटिस कलेजले शिक्षा क्षेत्रमा बेलायतमा २००३ र नेपालमा २०१२ सालदेखि शैक्षिक कार्यक्रम शुरु गरेको हो। काठमाडौमा ३ वटा विद्यालयमा सहकार्य गरिरहेको भन्दै कंडेलले उपत्यकाबाहिर अहिले पहिलो पटक कार्यक्रम सुरु भएको बताए। 

Building.png

कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरे, तिलोत्तमा नगर शिक्षा कार्यालयका प्रमुख गंगाराम आचार्य, नमस्ते एकेडेमीका एकेडेमिक डाईरेक्टर मार्क बार्थोलोमिउ, एकेडेमीका अध्यक्ष विष्णु प्रसाद भुषाल, ब्रिटिस कलेजका सिईयो राजन कंडेल, एकेडेमीका निवर्तमान अध्यक्ष तथा लगानीकर्ता डिल्लिनारायण पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष रामराज पोखरेल, एकेडेमीका उपाध्यक्ष डिबि थापा लगायतले एसईई २०७७ मा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेका थिए। यसैगरि एकेडेमीका शिक्षकहरुलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार