भैरहवा । जेसीआई सिद्धार्थ नेपालको आयोजनामा भैरहवामा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
जेसीजले मनाइरहेको जेसीज सप्ताह २०२१ अन्तर्गत पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लब र आयोजक संस्था जेसि आइ सिद्धार्थ नेपाल बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता भएको हो ।
एक अर्का बीच सम्बन्ध बिस्तार, एकता र मैत्री भावना बिस्तार गर्नुका साथ प्रगाढ सम्बन्ध स्थापना गर्न मैत्री पूर्ण फुटसलको आयोजना गरिएको थियो । सिद्धार्थनगर ८ स्थित फुटसल ग्राउन्डमा भएको प्रतियोगितामा जेसिजको तर्फ बाट अनमोल धितालले गोलको सुरुवात गरेका थिए । ११ गोल बटुलेको जेसिजबाट कृतेश श्रेष्ठले ६, अनमोल धितालले ४ र कमल जीसीले एक गोल गरेका थिए । त्यस्तै पत्रकारहरुको तर्फबाट स्वास्तिक श्रेष्ठले ३, दिनेश श्रेष्ठले २ र डिबी सुस्लिङले एक गोल गरेका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी जेसिआई सिद्धार्थ,नेपालका मानार्थ सदस्य ध्रुव कुमार श्रेष्ठले खेलाडीलाई फुटबल हस्तान्तरण गरी गरेका थिए ।
प्रतियोगितामा लुम्बिनी प्रेस क्लबलाई पराजित गर्दै जेसिजले प्रतियोगिता जितेको हो । कार्यक्रम संयोजक ओजश शर्माको संयोजनमा भएको कार्यक्रमको संचालन प्रमोद रिजालले गरेका थिए भने जेसिसको आस्था पाठ राजु शर्माले गरेका थिए ।
जेसिआई सिद्धार्थ, नेपाल बर्ष २०२१ का अध्यक्ष जेसि गोपाल ज्ञवाली ज्युको अध्यक्षता मा सम्पन्न कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष ज्यु पूर्व अध्यक्षज्यूहरु, सल्लाहकार ज्यूहरु ,मानार्थ सदस्यज्यूहरु ,बोर्डका पदाधिकारीज्यूहरु, साधारण सदस्यज्यूहरु ,पर्यवेक्षक सदस्यज्यूहरु सिद्धार्थ लेडि जेसीजका पुर्व अध्यक्ष ज्युहरु बोर्डका सदस्य, संचाकर्मीहरुको सहभागीता रहेको थियो ।
यस्तै सप्ताह अन्तर्गत शनिबार उत्प्रेरणा तालिम सम्पन्न भएको छ । ‘जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ’ भन्ने विषयमा सहभागीहरुलाई नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले उत्प्रेरणात्मक तालिम दिइएका थिए । आफ्नो जीवनलाई राम्रोसँग बुझ्न सके त्यसले जीवनमा परिवर्तन ल्याउने अर्यालले बताए । ‘तपाईं क्षमतावान, योग्य हुनका लागि अध्ययन, लगनशीलता, विषवस्तु छनौटमा ध्यान दिनुपर्छ’, उनले भने, ‘यसले व्यक्तित्व विकाससँगै समाजसेवाको भावना जागृत गर्छ । जेसीज मनहरु समाजप्रति उत्तरदायी हुनुपर्छ ।’

जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, जेसीआई सिद्धार्थ, नेपाल वर्ष १९९२ का अध्यक्ष सिनेटर डा।शम्भुकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको उत्प्रेरणा तालिमको स्वागत कार्यक्रम संयोजक ऋषिराम पाण्डे र संचालन पंकज उदास तथा आस्था पाठ सुमेरबिक्रम खाँणले गरेका थिए । तालिममा ५० जना बढीको सहभागिता रहेको महासचिव सागर पोखरेलले जानकारी दिए ।