भैरहवा । लायन्स कल्ब अफ सिद्धार्थनगर गौतमबुद्धको अध्यक्षमा दिनेश गुप्ताले पद भार ग्रहण गरेका छन ।
वर्ष २०२१/२२ कालागि क्लबले गुप्तालाई अध्यक्षमा निर्वाचित गरेको हो । पदभार ग्रहण गर्दै गुप्ताले क्लबमा नयाँ कार्यक्रम भन्दा पनि विगतका कार्यक्रमलाई निरन्तरता दिदै क्लबलाई उचाईमा पु¥याउने बताए । सामाजिक क्षेत्रमा सेवाको भाव लिएर यस क्लबले विगतका कार्यक्रम पनि आफ्नो कार्यकालमा अझै परिष्कृत तरिकाले गर्दै लैजाने बताए ।
प्रमुख अतिथी लायन्स ३२५ बी टुका दोस्रो भिडिजी नवराज न्यौपानेको उपस्थितीमा क्लबका संस्थापक अध्यक्ष गौतम गुप्ताले पदस्थापन गराएका थिए ।सो अवसरमा बोल्दै प्रमुख अतिथी न्यौपानेले कोभिड महामारीको बेला पदभार ग्रहण गरेका वर्ष २०÷२१ का अध्यक्ष अरुण मिश्रले इतिहास रचेर समाजसेवा गरेको बताए । आफ्नै प्रमुख आतिथ्यतामा पदभार ग्रहण गरी आफ्नै प्रमुख आतिथ्यतामा पदस्थापन भइरहेको यो कार्यकालबाट यस क्षेत्रका साथीले सेवागर्ने हात अरुण मिश्रबाट सिक्नु पर्ने बताए ।

‘समाज सेवा कसैको डर, काप र देखावटी भन्दा पनि भित्री शुद्ध मनबाट गर्नु पर्छ जुन लायन्सका लिडरहरुले गरिरहेको छन, क्लब स्थापना गरेर यस क्षेत्रमा सेवाका हातहरु बढेको छ ’ न्यौपानेले भने ।
कार्यक्रममा बोल्दै ड्रिष्ट्रिक एजुकेटिभ चिफ महेश थापा, कोचिफ एडभाइजर ओम श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष भिष्म न्यौपाने, लायन विनोद खरेल, संस्थापक अध्यक्ष गौतम गुप्ता लगायतले सामाजिक, आर्थिक रूपान्तरणमा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको भुमिका अतुलनीय रहेको बताए ।
निवर्तमान अध्यक्ष मिश्राले आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, लगायत क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउदै लायन्समा लाग्न्नु भएका व्यवसायीहरु व्यवसायमा जस्तैै समाजसेवाबाट पनि अब्बल हुने बताए । क्लबले ४२ वटा सदस्य लिएर कार्य गरिरहेको छ ।
पहिलो सेसनका वर्ष २०÷२१ का अध्यक्ष अरुण कुमार मिश्रको अध्यक्षता सचिव राजन शुक्लाको संचालनमा भएको कार्यक्रम पदस्थापन पश्चात वर्ष २१/२२ का अध्यक्ष दिनेश गुप्ताको अध्यक्षता र सचिव सुमेर विक्रम खाण्को संचालनमा भएको थियो, क्लबको कोषाध्यक्षमा मनमीत सिंह गान्धी मनोनीत भएका छन । कार्यक्रममा क्लबलाई सहयोग, सहकार्य र समन्वय गर्ने सबैलाई सम्मान गरेको थियो ।