भैरहवा । प्रशोधित पिउने पानी व्यवसायीस“ग दुई दिने अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीको आयोजना र रुपन्देही पानी उद्योग संघको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पानी उद्योगका समस्या, चुनौती र यसका समाधानका विषयमा कार्य योजना प्रस्तुत गर्दै शुभारम्भ ड्रिङ्स एण्ड डाइट प्रा.लि का संचालक गोविन्द प्रसाद कण्डेलले खाद्य लेवल सम्बन्धी व्यवस्था अन्तरगत व्यवसायीले अनिवार्य रुपमा खाद्य पदार्थको नाम, तौल, व्याच नम्बर, उत्पादन र उपभोग मिति, पानीको जार तथा बोतलमा सुरक्षण शिल, उत्पादकको नाम र ठेगाना जस्ता विभिन्न विवरणहरु खुलाउनु पर्ने बताए ।
कण्डेलले भने कुल एक अर्बको लगानीमा रुपन्देहीमा ४१, कपिलवस्तु र पश्चिम नवलपरासीमा ११ गरी कुल ५२ वटा पानी उद्योग संचालनमा रहेको र झण्डै एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएको बताए । उद्योगहरुले उद्योग स्थापना भई सैचालनका क्रममा गर्नु पर्ने कामहरु, पालना गर्नु पर्ने नियमहरु र खाद्य स्वछता कायम गर्न अप्नाउन पर्ने प्रविधिहरु र पानी प्रसोधनमा प्रयोग गर्नु पर्ने विविध प्रकारका प्रविधिहरुको जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कण्डेलले बताए ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका कार्यालय प्रमुख विमल कुमार दाहालले कार्यक्रममा सहजिकरण गर्दै खाद्य विभागको विवरणमा आर्थिक बर्ष २०७०/७१ म २८४, २०७१/७२ मा २१९, २०७२/७३ मा २०६, २०७३/७४ मा २६३, २०७४/७५ मा २२४, २०७५/७६ मा १४९, २०७६/७७ मा ५३, र २०७७/७८ मा १०० बटा मुद्दा दायर भएकाे बताए ।
दाहालले भने नेपाल सरकारले हालसम्म १३७ बढी खाद्य पदार्थको लागी जेनेरिक मापदण्ड र ३ वटा होरिजेन्टल मापदण्ड बनाइ लागु गरेको बताए । आर्थिक बर्षको बार्षिक स्वकृत कार्यक्रम अन्तरगत पानी व्यवसायीहरुलाई पानीको गुणस्तर कसरी सुधार गर्न सुकिन्छ भनेर कार्यक्रम गरेको दाहालले बताए । कोभिडका कारण २५/२५ जना सहभागी गरेर दुई दिन कार्यक्रम आयोजना गरेको उनले बताए ।