भैरहवा । जेसिआई सिद्धार्थ नेपालले मनाइरहेको जेसिज सप्ताह २०२१ अन्तर्गत निशुल्क दन्त शिविर र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवाको प्राविधि सहयोगमा सिद्धार्थनगर नगरपालिका–९ स्थित भानु माध्यमिक विद्यालयमा दन्त शिविर र सिद्धार्थ बाल गृह लुम्बिनी रोडमा चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम भएको हो ।
दन्त शिविरमा १ सय जनाको दाँत परीक्षण, १ सय जनाको मधुमेह गरिएका छ भने साे मध्ये ५० जनाको दात निकालि परामर्श दिइएको जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले बताए ।
जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, जेसीआई सिद्धार्थका मानार्थ सदस्य डा. गोविन्द बल्लभ भट्टको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीको विशिष्ट आतिथ्यता, कार्यक्रम संयोजक केशव भण्डारीको स्वागत, अंकित शर्माको आस्था पाठ तथा अनित गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै सप्ताह अन्तर्गत सोमबार भएको चित्रकला प्रतियोगिता तथा खिर खुवाउने कार्यक्रम सिद्धार्थ बाल गृह लुम्बिनी रोडका भाइ बैनिहरुको सहभागिता रहेको थियो । ब्रह्मकुमारी इश्वरीय बिश्वविद्यालय कि श्री शान्ती दिदि को प्रमुख आतिचथ्यतामा भएको कार्यक्रमको संचालन ओजश शर्मा, आस्था पाठ कृतेश श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम संयोजक राजु शर्माको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्षता जेसिआई सिद्धार्थ, नेपाल बर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले गरेका थिए ।