Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अफगानिस्तानबाट २८८ जना नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय


  • लुम्बिनी चिन्तन
  • भाद्र ३, २०७८ बिहिवार
  • 1.9K
    SHARES

अफगानिस्तानबाट  २८८ जना नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय

काठमाडौं । रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

भदौ १ गते विहान ११८ जना र राति ८४ जना तथा भदौ २ गते विहान ६१ जना र अपराह्न २५ जना काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार गरिएकाहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राख्ने र स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने गरिएको छ ।

मन्त्रालयको कन्सुलर सेवा विभागको वेब पोर्टलमा बुधबार साँझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गराएको र दर्ता भएकाहरू मध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसकेको मन्त्रालयले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार