Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आर्शिवाद पेन्टकाे क्यानभास एचटुओ आम सेवाग्राहीको रोजाइ बन्दै


  • सम्झना शर्मा
  • भाद्र ३, २०७८ बिहिवार
  • 2.5K
    SHARES

आर्शिवाद पेन्टकाे क्यानभास एचटुओ आम सेवाग्राहीको रोजाइ बन्दै

भैरहवा । आर्शिवाद पेन्टकाे उत्पादन क्यानभास एचटुओ कलर आम सेवाग्राहीको रोजाई बनेको छ । 
१० वर्ष वारेन्टी रहेको यो पेन्टस् बहुउपयोगी भएको कारण पछिल्लो समय ग्राहकले धरै रुचाएको आर्शिवाद पेन्टसको यस क्षेत्रको आधिकारिक विक्रेता आश्रिया कलर हव भैरहवाका संचालक प्रभात ज्ञवालीले बताए । 

collage (12).jpg

क्यानभास एचटुओ घरको भित्र बाहिर दुबैतर्फ प्रयोग गर्न मिल्ने, फलाम, काठ, सिमेन्ट सबैमा प्रयोग गर्न सकिने बहुउपयोगी भएका कारण यसको उपयोगिता बढ्दै जांदा ग्राहकको पहिलो रोजाई बन्न पुगेको हो ज्ञवालीले भने । यसलाई पानीले कुनै असर गर्दैन । यो वाटर प्रुफ हो । क्यानभास लामो समयसम्म टिकाउ हुने , चमकदार र सुरक्षित रहेका कारण एक पटक लगाएपछि वषौंसम्म  ढुक्क हुन पाईने  कम्पनीको दावी छ । प्रतिलिटर एचटुओले १ सय ७० देखि १ सय ९० स्क्वारफुट सम्म कभर गर्ने कम्पनीले जनाएको छ ।

भैरहवा क्षेत्रका लागि आर्शिवाद पेन्टकाे आधिकारिक विक्रेता सिद्धार्थनगर ९ प्रभातपथमा रहेको आश्रिया कलर हवले १० वर्ष वारेन्टी भएको आर्शिवाद क्यानभास, सात वर्ष वारेन्टी भएको सेक्युर प्लस, ५ वर्ष वारेन्टीमा आरमावर, ३ वर्ष वारेन्टीमा वजेट जस्ता पेन्टस् र इनामेलका ब्राण्डकाृे विक्रीवितरण गर्दै आईरहेको संचालक प्रभात ज्ञवालीले जानकारी दिए । 

सेवाग्राहीको आवश्यकतालाई हेरेर पेन्टर् समेत उपलब्ध गराईने उनले जानकारी दिए । आश्रियाले १ लाख मुल्य वरावरको क्यानभास एचटुओ खरीद गर्ने ग्राहकको एउटा वाल फ्री टेकुरेशन गरिदिने समेत उनले बताए । ज्ञवाली २५ वर्ष सिद्धार्थनगर नगरपालिकामा कम्फ्युटर अधिकृतको रुपमा जागिर पश्चात व्यवसायमा लागेका हुन् । 

collage (11).jpg

चुनौति  
आर्शिवाद पेन्टस्को बजार राम्रो रहेको छ । व्यतिगत भवनमा धरै मानिसहरु यही पेन्टस् प्रयोग गरिरहेका छन् । कतिपय सामुदायिक भवनमा आश्रिया कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क कलर पेन्टस् लगाईदिएको छ । तर सरकारी कार्यालयहरुले आफ्नो ठेक्का निकाल्दा कुनै एक कम्पनीको नाम कोड गर्दा अन्य कम्पनीलाई बजारमा प्रतिष्पर्दा गर्न कठिन भएको छ । सरकारी कर्मचारीले फलानो कम्पनीको पेन्टस् लगाउने भनेर किटान गर्न नहुने आश्रिया कलर हवका संचालक ज्ञवालीको भनाई छ । 

अर्कोतर्फ बजारमा एउटै नाम गरेको कम्पनीको दुई तिन वटा व्राण्डहरु विक्रि हुने गरेका छन् । यसरी कुनै कार्यालयले कम्पनी किटान गर्दा ठेकेदारले सस्तोमा पाउने बजारको नक्कली सामान प्रयोग गर्ने र आफुले व्यतिगत लाभ लिनसक्ने तर्फ पनि ध्यान दिन जरुरी छ उनले भने । सरकारी तथा सामुदायिक भवनका लागि ठेक्का आह्वान गर्दा कुनै एक कम्पनीको नाम किटान नगरी कम्पनी छनोट गरेर पेन्टस् प्रयोग गरेको खण्डमा अन्य कम्पनीले बजार पाउने र सेवाग्रहीले पनि सस्तो र गुणस्तरीय पेन्टस् पाउने उनेले बताए । 

 


सम्झना शर्मा

थप समाचार