Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीमा शुक्रबार २६ प्रतिशतमा संक्रमण पुष्टि, सक्रिय संक्रमित बढेर ४६० पुग्यो


  • लुम्बिनी चिन्तन
  • भाद्र ४, २०७८ शुक्रवार
  • 1.0K
    SHARES

रुपन्देहीमा शुक्रबार २६ प्रतिशतमा संक्रमण पुष्टि, सक्रिय संक्रमित बढेर ४६० पुग्यो

भैरहवा ।  रुपन्देहीमा शुक्रबार ४८ जना संक्रमण मुक्त भएका छन भने ५२ जना नयाँ संक्रमित थपिएका छन ।

जिल्ला भरी २०१ जनाको आररटी पिसिआरबाट परिक्षण गर्दा २५ दशमलव ८७ प्रतिशत अर्थात ५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाका ८ वटा पालिकाका २१ महिला र ३१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार जिल्लामा ४६० जना सक्रिय संक्रमित रहेका छन । थपिएका संक्रमित मध्ये बुटवल उपमहानगरपालिकमा सबै भन्दा बढि ८ महिला सहित २२ जना रहेका छन । त्यस्तै तिलोत्तम र सैनामैनामा १०जना, देवदहमा ४ जना, कंचन र सिद्धार्थनगरमा २–२ जना, मायादेवी र  मा १–१ जना नयाँ संक्रमित थपिएका छन । 

पछिल्लो २४ घण्टामा जिल्लामा मृत्यु हुनेको संख्या शुन्य छ । कार्यालयका अनुसार हाल सम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय २१ पुगेको छ । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार