Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा मनाइयाे मोहर्रम पर्व


  • लुम्बिनी चिन्तन
  • भाद्र ४, २०७८ शुक्रवार
  • 968
    SHARES

भैरहवामा मनाइयाे मोहर्रम पर्व

भैरहवा ।  इस्लाम धर्माबलम्बिको प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाती शहिद हजरत हुसैनको सम्झनामा भैरहवामा मोहर्रम पर्व मनाइएको छ । इराकको राजधानी बगदादकाे करबला भन्ने ठाँउमा  यजीदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । भैरहवामा पनि ताजिया बनाई मोहर्रम पर्व मनाइएको हो । 

नेपाललगायत दक्षिण एशियाली मुलुकहरुमा विशेष महत्वका साथ मनाईन्छ । मुस्लिमहरु मात्रै मनाउदै आएको यो पर्व पछिल्लो समय हिन्दु धर्मवलम्बीहरुले पनि मनाउने गरेका छन । ताजिया प्रति आस्था बढ्दै गएपछि, मागेको भाकल पुरा हुने भएपछि हिन्दु समुदायले पनि ताजिया बनाउने गरेका छन । 

ईस्लामीक धर्मको नयां बर्षका दिन देखी सुरु हुने मोहर्रमका १० दिन सम्म नै फरक फरक तरीकाले पर्व मनाउने गर्दछन् । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । मोहर्रम १० तारिखकै दिन धेरै नबीहरु माथी अल्लाहको इनायत भयो र पापीहरुलाई सजाय गरिएको थियो जसमा हजरत हुसैनले पनि सहादत पाउनु भएको थियो ।

collage (16).jpg

त्यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरआन पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पक्वान्न) बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरु नजिकको कर्बला(रण)मा पुगेर बिभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व मनाईन्छ । भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् । 

 ताजियाहरुलाई ९ मोहर्रम नवमीका दिन पुजा गरि १० तारिखमा (ताजिया)को कर्बलामा बिजर्सन गरि मोहर्रम पर्वको बिधिवत समापन हुने गर्दछ । भैरहवाको भैरहवा गाँउ, कठौतिया, बडिलवा, खजहना, भैयाटोल, गल्लाण्डी, उदयपूर, दोगहरा लगायतका क्षेत्रमा तजिया निर्माण भई पर्व मनाइने गरिन्छ । 

हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ । तजिया भनेको युद्धको बेला प्रयोग गरिएको एक प्रकारको हतियार हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९को नयाँ भेरियन्टको महामारीको संक्रमणदर कायम रहेको भन्दै भिडभाड, सभा, जुलुस, महोत्सव, लगायतका जमघट हुने गतिविधी संचालन मा निषेध गरेपनि स्वास्थय मापदण्डको पालना विना भएको यस्ता कार्यक्रमले संक्रमण बढ्ने भए पनि सरोकारवाला निकाय मौन रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार