Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मोहर्रमकाे अवसरमा मदरसाद्वारा मास्क वितरण


  • लुम्बिनी चिन्तन
  • भाद्र ५, २०७८ शनिवार
  • 2.0K
    SHARES

मोहर्रमकाे अवसरमा मदरसाद्वारा मास्क वितरण

भैरहवा । काेराेना महामारीलाइ मध्यनजर गर्दै मोहर्रमकाे अवसरमा भैरहवामा मास्क वितरण गरिएकाे छ । संक्रमण कायम रहेकाे र मुस्लिमहरु सहित हिन्दु धर्मवलम्बीहरुले मनाउदै आएको आस्थाको पर्व मोहर्रमबाट संक्रमण न फैलियाेस भन्ने उदेश्यका साथ मदरसा कादरिया मिसवाहुल अाेलुमले मास्क वितरण गरेकाे हाे । 

विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै सिद्धार्थनगर ४ स्थित मदरसाले 'मास्क लगाऊँ, सुरक्षित रहौ' भन्ने अभियानका साथ मास्क वितरण गरेकाे मदरसा व्यवस्थापन समिति अध्यक्ष माेहम्मद अलिले बताए । 

239852526_1748895618629797_2130131046346512841_n.jpg

नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि भैरहवाकाे मिलन चाेकमा मोहर्रमकाे अवसरमा मास्क वितरण गरिएकाे हाे ।

पर्वको अन्तिम दिन कर्बलामा ताजिया बिजर्सन गर्न जानेलाइ मध्यनजर गर्दै  स्थानीय र मदरसाका सदस्यहरूले मास्क वितरण गरेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार