Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगर स्थापना, अध्यक्षमा कसौधन


  • भाद्र ५, २०७८ शनिवार
  • 3.2K
    SHARES

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगर स्थापना, अध्यक्षमा कसौधन

भैरहवा । भैरहवा क्षेत्रमा नया लायन क्लब स्थापना भएको छ । लायन क्लब अफ सिद्धार्थनगर लेडी युथको प्रायोजनमा लायन क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगर स्थापना भएको हो ।

लायन क्लब अफ सिद्धार्थनगर लेडी युथ बर्ष २०२१/२२ की अध्यक्ष तनु शर्मा कसौधनको अध्यक्षता, लायन जिल्ला ३२५ बिटु  नेपालका जिल्ला गभर्नर रामप्रसाद भट्टको प्रमुख आतिथ्यता र लायन जिल्ला ३२५ बि टु नेपालका दोस्रो भिडिजी नवराज न्यौपानेको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा महेन्द्र नारायण श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, ड्रिष्ट्रिक एजुकेटिभ चिफ महेश थापा, जाेन चेयर पर्सन अभिनव मयुर कसाैधन र भैरहवा क्षेत्रमा रहेका विभिन्न लायन लियोका अध्यक्ष र प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । 

लायन क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरको सस्थापक अध्यक्षमा लियो जिल्ला परिषद ३२५ बि टु नेपालका पूर्व जिल्ला अध्यक्ष शार्दुल मयुर कशौधन, क्लबको प्रथम उपाध्यक्षमा सुनिल सेन्चुरी, द्धितिय उपाध्यक्षमा मनोज कुमार रिजाल, तृतीय उपाध्यक्षमा मिलन वि.क., सचिवमा संजोगराज तिवारी, कोषाध्यक्षमा अरुण बस्याल, सह सचिवमा सुवास लुईटेल, सह कोषाध्यक्षमा मोहित सेठिया, क्लब मेम्बरसिप चेयरपर्सनमा अशिष कर्माचार्य, सर्भिस चेयरपर्सनमा सुशनजंग थापा, मार्केटिङ चेयरपर्सनमा बलराम जैसवाल, एल.सी.आइ.एफ चेयरपर्सनमा विशाल जैसवाल नियुक्त भएका छन् ।

त्यस्तै निर्देशकमा चन्द्रिका धवल, शिवम कुमार क्षेत्री, फणिन्द्र तिवारी, रोनक गुरुङ, उज्जवल जोशी, जनसम्पर्क अधिकारीमा प्रतिक पौडेल, टेल टीष्टरमा गणेश न्यौपाने, टेमरमा अस्मित पोखरेल र आइटी चेयरपर्सनमा पुष्पन जि.सी नियक्त भएका छन् । क्लबको संस्थापक सदस्यहरुमा अर्पीत अग्रवाल, कंचन श्रेष्ठ, प्रभिन आचार्य, राहुल चौधरी, सैलेन्द्र यादव, सुर्य कुवर, विजय अधिकारी, शिव नारायण, अरुण उपाध्याय, विबेक थापा रहेका छन् ।

कार्यक्रममा लायन जिल्ला ३२५ बिटु नेपालका जिल्ला गभर्नर रामप्रसाद भट्ट र लायन जिल्ला ३२५ बि२ नेपालका दोस्रो भिडिजी नवराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक सुवास लुईटेलको स्वागत मन्तव्य र लायन क्लब अफ सिद्धार्थनगर लेडी युथको द्धितिय उपाध्यक्ष निपा क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो । 

 


थप समाचार