Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नयाँ व्यवस्थापनका साथ होटल ग्लास्गो संचालनमा


  • लुम्बिनी चिन्तन
  • भाद्र ६, २०७८ आइतवार
  • 4.1K
    SHARES

नयाँ व्यवस्थापनका साथ होटल ग्लास्गो संचालनमा

भैरहवा । २० वर्ष देखि भैरहवाको बैकरोडमा संचालित होटल ग्लास्गो नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ । 
होटल क्षेत्रमा विगत ६ वर्ष देखि काम गर्दै आएका यूवा मनिस ढकालकोे एकल लगानीमा थप  सेवा सुविधा सहित होटल ग्लास्गो इन एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।  

collage (19).jpg

होटल सञ्चालक बुवा दिनेश ढकाल र आमा विमला ढकालले संयुक्त रुपमा होटलको रिवन काटेर उद्घाटन गरेका छन ।विशेष गरी भारतिय पर्यटक, लुम्बिनी र गौतमबुद्ध विमानस्थललाई लक्षित गर्दैै यहाँको आवश्यकतालाई मध्यनजर गरेर होटल संचालनमा ल्याइएको हो । भैरहवाको मुख्य बजार बैकरोडमा अवस्थित यस होटलमा बतानुकुलित सहित २० वटा कोठा, कन्फ्रेन्स हल, खानाको स्वाद सहितको रेष्टुरेन्टको सुविधा रहेको संचालक ढकालले बताए ।

collage (20).jpg

करिब १ करोडको लागतमा संचालनमा आएको होटल गत वर्ष देखि नै नयाँ व्यवस्थापनमा आएपनि कोरोना महामारीले सृृजित लकडाउनको कारण पूर्ण रुपमा संचालनमा आउन सकेको थिएन । अहिले संक्रमणदर न्युन भएको समयमा जनैपुीर्णमाको अवसर पारेर संचालनमा ल्याएको उनले बताए ।

collage (22).jpg 

पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ होटलले भैरहवा विमानस्थलबाट पिक एण्ड ड्रपको सुविधा, एक हजार देखि २ हजार ५ सय सम्ममा रुमको व्यवस्था गरिएको छ । विगत ६ वर्ष देखि होटल ग्यापको व्यवस्थापकको रुपमा रहेका ढकालले पर्यटन क्षेत्र चुनौतीको वावजुद होटलको सुरवात गरेका हुुन । होटलले  १२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । 

collage (21).jpg

 


लुम्बिनी चिन्तन

थप समाचार