Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाली सेनाले सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने, अन्यथा नलिन आग्रह


  • लुम्बिनी चिन्तन
  • भाद्र ८, २०७८ मंगलवार
  • 1.7K
    SHARES

नेपाली सेनाले सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने, अन्यथा नलिन आग्रह

नेपाली सेनाले विभिन्न जिल्लाका विभिन्न सडकमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ ।

सेनाका मेकानाइज्ड युनिटबाट बख्तरबन्द गाडीहरूमा सकल दर्जाको क्षमता अभिवृद्धि गर्न र गाडीको चुस्त अवस्था कायम राख्नका लागि स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा सडकमा अभ्यास गर्न लागिएको सेनाले जनाएको छ ।

काठमाण्डौको सीतापाइलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगञ्ज र धनगढीमा तैनाथ गणले विभिन्न मितिमा अभ्यास गर्नेछन् ।

सडकमा नेपाली सेनाको बख्तरबन्द गाडी निस्किएको देखेमा त्यसलाई अन्यथा नलिइकन अभ्यासका रूपमा बुझ्न पनि सेनाले आग्रह गरेको छ ।  


लुम्बिनी चिन्तन

थप समाचार