Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जवरजस्तीकरणी उद्योगका आरोपित गाउँपालिका अध्यक्ष धरौटीमा छुटे


  • लुम्बिनी चिन्तन
  • भाद्र ८, २०७८ मंगलवार
  • 1.7K
    SHARES

जवरजस्तीकरणी उद्योगका आरोपित गाउँपालिका अध्यक्ष धरौटीमा छुटे

भैरहवा । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला धरौटीमा छुटेका छन ।

जवरजस्ती करणी मुद्दा लागेका आरोपित शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा आज छुटेका हुन । रुपन्देही जिल्ला अदालतले उनलाई मंगलबार धराैटीमा छाड्ने आदेश गरेसँगै उनी छुटेका छन । स्थानीय एक महिलाले जवरजस्तीकरणीको उजुरी दिएपछि प्रहरीले शुक्लालाई साउन २८ गते पक्राउ गरेको थियो । 

 दुबै पक्षको बहसपछिअदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको अदालतका स्रेतेदार शोभाकर खरेलले जानकारी दिए ।  शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।

प्रहरी हिरासतमा बसेको १३ औं दिनमा शुक्ल छुटेका हुन् । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार