Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

देवदहको घोडाहा पुल भासियाे, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • लुम्बिनी चिन्तन
  • भाद्र ११, २०७८ शुक्रवार
  • 1.0K
    SHARES

देवदहको घोडाहा पुल भासियाे, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

भैरहवा । बिहिवार राती देखिको अविरल  बर्षाले बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत देवदहको घोडाहामा पुल भासिएको छ। 

रुपन्देहीको देवदह – ७ शितलनगर स्थित घोडाहा खोला पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने अविरल बर्षा सङ्गै आएको बाढीका कारण देवदहका थुप्रै ठाउँ दुबानमा परेको र उद्दार कार्यमा लागिरहेको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जानकारी दिएको छ।

वैकल्पिक व्यवस्था नभए सम्म यातायात सुचारु हुने अवस्था छैन, भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएका छाै देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङा बहादुर सारुले बताए । कहि जान आवश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार