भैरहवा । अविरल वर्षाका कारण विभन्न क्षेत्र डुबानमा परेकाे छ । रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न ठाउँ डुबानमा परेका छन्। कतिपय स्थानमा पहिरोले सडक अवरुद्ध गरेको छ। वर्षाका कारण ठाउँठाउँमा डुबान हुनुका साथै पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड अवरुद्व भएको छ।
रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल बाढीका कारण भासिएको छ भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जसका कारण पुर्ब–पश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा गाडी चल्न सकेकाे छैन ।
रुपन्देही तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायतका ठाउँ डुवानमा परेका छन्। आबिरल बर्षा का कारण रोहिणि ४ पकडिहवाका सबै सम्पर्क बटो अहिले डुबान मा छ, गाउको दजर्न बढि घरहरू भित्रा पानी छ। त्यस्तै निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटिय क्षेत्रमा जोखिम बढेको छ। बर्षातका कारण तिनाउ नदीमा बाढी आएको छ।
विरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ । झरही नदी ओभरफ्लो भइ परासी बजारमा बाढी पसेको हो । बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन् । बाढीले जिल्ला प्रशासन कर्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाली सेना ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरुमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) राजु लामाले जानकारी दिए ।
एक्कासी आएकाे मध्यरातकाे बाढीले घरका सबै काेठा डुबेका छन् । खाद्यान्नदेखि लत्ताकपडा सबै सामान सद्धे रहेनन् । एकसराे कपडामा हामी छतमा सुरक्षित भएर बसेका छाै । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीकाे उद्धार टाेलीले निगरानी बढाई रहेकाे छ । पानी घट्दाे क्रममा छ," नवलपरासीबाट पत्रकार हरी शर्माले भने ।
नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल गरेको छ। त्यस्तै कपिलवस्तुको वाणगंगा नदी आसपासको क्षेत्रपनि जोखिममा परेको छ, भने नवलपरासीका परासीबजारसहितका ठाउँ डुबानमा परेका छन्। अर्घाखाँचीको सदरमुकाम जोड्ने गोरुसिंगे(सन्धिखर्क सडक पनि पहिरो खसेका कारण अबरुद्व भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेयले बताए।
ट्राफिक प्रहरीका अनुसार यी सडक खण्ड अवरुद्ध छन्।
१-नवलपरासी (पश्चिम) बर्दघाट नगर पालिका - १० लण्डनबृज स्थित (पुर्व-पश्चिम) राजमार्ग सडक खण्ड र बासा, भुताहा र सुनवल नगरपालिका - १२ बडेरा स्थित रहेको ड्राईभर्सन बगाएपछि बाटो पुर्ण रुपमा अवरोध ।
२- रुपन्देही देवदह नगर पालिका - ९ स्थित घोडाहा खोलामा पुल भासिदा (पुर्व-पश्चिम) राजमार्ग सडक खण्डमा अवरोध ।
३- अर्घाखाँची सितगंगा नगरपालिका - १२ बसेरी स्थित (गोरुसिंगे-सन्धिखर्क) सडक खण्डमा अवरोध ।
४- पाल्पा रम्भा गाउँपालिका - ३ सितापहाड स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा अवरोध ।
५- बर्दिया बासगढी नगरपालिका - १ बबई स्थित (कोहलपुर-सुर्खेत) रत्नराजमार्ग सडक खण्डमा अवरोध ।
६- गुल्मी रुरु गाउँपालिका - २ पोखरी बगर स्थित (रिडी - रुद्र बेनी) सडक खण्डमा अवरोध ।