Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देहीका उत्कृष्ठ तीन प्रहरी इन्चार्ज सम्मानित 

प्रहरी निरीक्षक तिमिल्सिना, प्रनानि छहारी र प्रसनि क्षेत्रीलाई बेष्ट इन्टीग्रिटी अवार्ड


  • लुम्बिनी चिन्तन
  • भाद्र १२, २०७८ शनिवार
  • 1.3K
    SHARES

रुपन्देहीका उत्कृष्ठ तीन प्रहरी इन्चार्ज सम्मानित 

भैरहवा ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनामा उत्कृष्ट कार्य सम्पादन गरेका तीन प्रहरी युनिट इन्चार्जलाई सम्मान सहित पुरस्कृत गरेको छ ।  कार्यालय प्रमुख प्रहरी उपरिक्षक मनोज केसीको कार्ययोजनामा जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी युनिट कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम पुरस्कृत र सम्मान गरिएकोे हो ।  

उच्च इन्टीग्रिटी अंक प्राप्त गरी साउन महिनाको इन्टीग्रिटी इन्चार्ज अफ द मन्थको रुपमा वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिमिल्सिना, प्रहरी चौकी कालिदह, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक तारा बहादुर छहारी र प्रहरी चौकी मैनिहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बुढा क्षेत्री बेष्ट इन्टीग्रिटी इन्चार्जबाट सम्मानीत भएका हुन ।

जिल्ला प्रहरी कार्यालयले दिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गर्दै फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागु औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च अंक प्राप्त गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरेकोले उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी केसीले बताए । 

आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्र ब्यवसायीक गतिबिधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले निजहरुको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरुलाई समेत प्रोत्साहित गर्न सम्मान तथा अभिलेखमा जनिने गरि नगद पुरस्कार प्रदान गरीएको छ ।  स्वच्छता र इमान्दारिता कार्यान्वयन गराउनका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखको योजना अनुसार बेष्ट इन्टीग्रिटी इन्चार्जबाट उनीहरुलाई सम्मान गरिदै आएको छ । 

इन्चार्ज प्रहरीको आचारण, भष्ट्राचारमा संलग्नता , मातहतमा भ्रष्टाचार नियन्त्रणको भुमिका,  इन्चार्जको मातहत भएको कामको जानकारी वा सूचनाको अपडेट लगायत ९ वटा सुचकांकको आधारमा सबै भन्दा बढि अंक पाउनेलाई योे सम्मान अवार्ड प्रदान गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज केसीले भने ।

हरेक महिना निरन्तर पुरस्कृत र सम्मान गर्ने एसपी केसीको योजना बमोजिम निरन्तरता भइरहेको छ । पुरस्कृत हुनेहरुलाई जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रम आयोजना गरि कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार केसीले पुरस्कार प्रदान गरेका हुन । जिल्लामा १३ वटा प्रहरी निरिक्षक र प्रहरी नायब उपरिक्षकको कमाण्डमा इलाका प्रहरी कार्यालय र सई असईको कमाण्डमा रहेको ४६ वटा प्रहरी चौकी रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार