भैरहवा । भारत ककरहवाबाट लुम्बिनीतर्फ आउँदै गरेकाे एक युवकलाइ बाढीले बगाएकाे छ । कालीदह–लुम्बिनी मार्गको मुख्य बाटोबाटै अन्दाजी २५ वर्षिय युवालाई बाढीले बगाएकाे हाे । पहिचान खुल्न नसकेको ती युवा भारतबाट आउँदै गरेका थिए, कालीदह–लुम्बिनी मार्ग स्थित तेलार नदीको पुलदेखि करिब १ सय मीटर उत्तर तर्फबाट शनिबार दिउसो सवा ४ बजे बाढीले बगाइ बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नरायण थापाले जानकारी दिए ।
पानीको धारले ती युवकलाइ बाटोबाटै बगाइरहँदा स्थानीय युवाहरूले गरेको उद्धार प्रयासको भिडियो कालीदहका अजय कुमार यादवको फेसबुक पोष्टबाट जानकारी पाएपछि प्रहरी खोजी तथा उद्धार कार्यमा लागेकाे थियाे । अाज विहान सम्म युवा सम्पर्कमा अाएका छैनन, काे हुन भन्ने पनि पुष्टी भएकाे छैन प्रवक्ता थापाले भने
अविरल वर्षा र बाढीका कारण रुपन्देहीका अधिकांस ठाँउ जलमग्न भएकाे छ । अविरल वर्षाले रुपन्देहीको देवदह, तिलोत्तमाको चिल्हिया, ओमसतियाको बसन्तपुर, मर्चवार, रोहिणीको धकधई, लुम्बिनी लगायतका क्षेत्रका घर डुबानमा परेको छ । स्थानीय र सुरक्षकर्मीको टोली उद्वारमा खटिएका छन । यसअघि भाद्र १० गते बिहान साढे ५ बजेदेखि दानव नदीको बाढीमा हराइरहेका सम्मरीमाइ ३ का बब्लु लोध समेत गरि रूपन्देहीको बाढीले दुई जना बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्य नरायण थापाले बताएका छन् ।
भिडियो अजय कुमार यादवको फेसबुक पोष्टबाट