भैरहवा । लायन्स क्ल अफ भैरहवा बोहिमियन्सले बाढी प्रभावित परिवारलाई तत्काल खाद्य बस्तु वितरण गरेको छ ।
विगत ३ दिन देखि परेको अविरल वर्षाका कारण डुबानमा परेका सिद्धार्थनगर वडा नं. १२ स्थित श्री कृष्ण पथका १६ वटा घर परिवारलाई राहत स्वरुप खाद्य बस्तु वितरण गरेको हो ।
डुबानले घर भित्रनै पानी परेपछि भोक टार्न केही भएपनि राहत होस भन्दै क्लबले तत्कालका लागि सुक्खा खाद्य बस्तुहरु चाउचाउ, दालमोट, चिउरा, बिस्कुट लगायतका खाद्य सामाग्री शनिबार वितरण गरिएको लायन्स क्ल अफ भैरहवा बोहिमियन्सका संस्थापक अध्यक्ष कृतेश कुमार श्रेष्ठले बताउनु भयो ।
क्लबका सदस्यहरुको सक्रियतामा १६ वटै परिवारलाई राहत वितरण गरिएको हो ।