Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चु जी फाउन्डेशनद्वारा रोहिणीका ३ सय बाढी पिडित परिवारलाई राहत


  • लुम्बिनी चिन्तन
  • भाद्र १४, २०७८ सोमवार
  • 1.4K
    SHARES

चु जी फाउन्डेशनद्वारा रोहिणीका ३ सय बाढी पिडित परिवारलाई राहत

भैरहवा ।  चु जी फाउन्डेशनको सहयोगमा अन्तराष्ट्रिय बौद्ध समाज र रोहिणी गाँउपालिकाको समन्वयमा ३ सय बाढी पिडित घर परिवारलाई राहत वितरण गरिएको छ । 

मलेसिया र ताइवानमा कार्यालय रहेको विपदमा हामी छौ भन्ने मुलमन्त्र लिएर स्थापित फाउण्डशेनले बाढी प्रभावित घर परिवारलाई राहत वितरण गरेको हो ।  आपत विपतमा राहत दिदै आएको फाउण्डेशनले २०५० सालदेखि नेपालमा काम गर्दै आएको छ । भुकम्प, बाढी, कोभिड लगायतका विपदको बेला ‘हामी छौ तपाईको ख्याल गर्ने’ भन्ने मुलमन्त्रका साथ फाउण्डेशनले काम गर्दै आएको छ  । नेपालका लागि अन्तराष्ट्रिय बौद्ध समाज मार्फत कार्यक्रमहरु आउने गरेको छ , नेपालमा कोभिड महामारीलाई मध्यनजर गर्र्दै गत वर्ष मात्रै यस क्षेत्रमा १२ हजार बढीलाई राहत वितरण गरेको अन्तराष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्री महास्थबीर बताए । 

collage (6).jpg

संस्थाले गत वर्षबाट कोभिडलाई लक्षित गरी करिब नेपालभर ६० हजार परिवारलाई गत वर्ष र यस वर्ष ७ हजार परिवार लाई राहत वितरण गरिसकेको छ । पछिल्लो समय बाढीले वितण्डा मचाएको नेपालका विभिन्न क्षेत्रमा मानिसहरु प्रभावित हुन पुगे पछि फाउण्डेशन र समाजको समन्वयमा एकद्वार प्रणली मार्फत रोहिणी गाँउपालिका सहित अन्य प्रभावित क्षेत्रमा राहत वितरण भएको अध्यक्ष भिक्षु मैत्रीले बताए । 

रोहिणी गाँउपालिका अन्तर्गतका केही घरहरु बाढीले भत्केको र गाँउ नै डुबानको समस्यामा परेको भन्ने खबर सामाचार माध्यमबाट खबर पाउन साथ खाद्यान्नमा समस्या नहोस, खानाबाट बञ्चित नहोस भन्ने उद्देश्यले तत्कालका लागि खाद्यान्न सहयोग गरेको अध्यक्ष मैत्रीले बताए । रोहिणी गाँउपालिकामा ३ सय, ओमसतिया गाँउपालिकामा २ सय र लुम्बिनी सास्कृतिक नगरपालिका क्षेत्रमा करिब २ सय घर परिवारलाई राहत वितरण गर्ने छौ । 

चु जी फाउण्डेशन मार्फत गाँउपालिका क्षेत्रमा प्रभावित विभिन्न वडाका करिब ३ सय परिवारलाई राहत वितरण गरिएको रोहिणी गाँउपालिकाका अध्यक्ष सनोज कुमार यादवले बताए । 

collage (7).jpg

गाँउपलिका क्षेत्रका सबै वडामा अविरल वर्षाले प्रभावित बनाए पनि पहिलो चरणमा मुख्यतया वडा नम्बर १,३ र ४मा अन्तराष्ट्रिय बौद्ध समाजको समन्वयमा राहत वितरण भएको छ । यहाँ ५ सय घरपरिवार प्रभावित भएका छन, बाकी घर परिवारलाई पनि तत्काल अन्य संस्था र गाँउपालिकाबाट समन्वय गरी राहत वितरण गर्छौ । अध्यक्ष यादवले भने । 

हामीले पनि तत्काल घर विहिन भएकापिडित परिवारको लगत लिइरहेका छौ उनीहरुलाई पनि बासको लागि व्यव्स्थापन तत्काल गर्छौ उनले भने ।

फाउण्डशेनले प्रति परिवार २५ किलो चामल, १० किलो आटा, दाल, चना, सोयाविन तेल, नुन, चिनी, साबुन लगायतका बस्तु वितरण गरेको हो । राहत सामाग्री बुझदै पिडित परिवारले प्राप्त सामाग्रीले केही दिन परिवारको भोक टार्न समस्या नहुने बताए, आपतको बेला साथ दिएकोमा संस्था र समन्वय कर्तालाई धन्यवाद दिएका थिए । 

 


लुम्बिनी चिन्तन

थप समाचार