Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाढीले प्रभावित उद्योग व्यवसायमा सिद्धार्थ उद्योग वाणिज्य संघको निरिक्षण

बिमामा सहजीकरण र समस्या समाधानका लागि पहल हुन्छः अध्यक्ष न्यौपाने 


  • लुम्बिनी चिन्तन
  • भाद्र १५, २०७८ मंगलवार
  • 1.4K
    SHARES

बाढीले प्रभावित उद्योग व्यवसायमा सिद्धार्थ उद्योग वाणिज्य संघको निरिक्षण

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघले बाढीले प्रभावित बनेका उद्योग व्यवसायको निरिक्षण गरेको छ । मंगलबारबाट परेको अविरल वर्षाका कारण जिल्लाका दर्जन बढि उद्योग व्यसायमा डुबान भई क्षति पुगेकाले संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेको नेतृत्वमा निरिक्षण र क्षति विवरण लिन लागिएको हो । 

डुबानको समस्या खेपेका उद्योग व्यवसायको बुधबारबाट नै सम्पर्क गरी अवस्था बुझेका छौ, यहाँका दर्जन बढि उद्योग व्यवसाय बाढीले प्रभावित भएकोले सोमबारबाट ती उद्योगको निरिक्षण गरेको संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताउनु भयो । 
अध्यक्ष न्यौपानेको नेतृत्व सहित वरिष्ठ उपाध्यक्ष ठाकुर श्रेष्ठ, उपाध्यक्ष नेत्र न्यौपाने, दिलीप कान्दु, सचिव दिपेन्द्र प्रधान , कोषाध्यक्ष गोबिन्द ज्ञवाली, कार्य समिति सदस्यहरु विकास गोयन्का, मंगल भण्डारी,  गोपाल भण्डारी, प्रमोद रिजाल लगायतले निरिक्षण गरेको संघका कार्यकारी उपसचिव खगेन्द्र शर्माले जानकारी दिनु भयो ।

रुपन्देही जिल्ला कार्य क्षेत्र रहेको संघले बढि क्षति पुगेका भैरहवा–बुटवल करिडोरका पञ्चकन्या ग्रुप  र भैरहवा परासी करिडोर अन्तर्गतका श्री स्टिल, सिद्धीविनायक एग्रो इण्डष्ट्रीज र  श्री जी फुड्स उद्योगको निरीक्षण गरेको हो । हामीले उद्योगको क्षति विवरण सहित तथ्याङ लिइरहेका छौ , करोडौँ को क्षति भएको पाएका छौ, निरिक्षणलाई मंगलबार पनि निरन्तरता दिने अध्यक्ष न्यौपोनेले बताउनु भयो । संघले उद्योगी व्यवसायीहरुको यकिन क्षतिको विवरण लिएर बीमा प्रकृयामा सहजीकरण गर्ने, बाढी र डुबान आउनुको कारण पहिचान गरी भवितव्यमा समस्या समाधानका उपाय सहित तीन तहकै सरकार र सरोकारवाला निकायसँग पहल गर्न संघ लाग्ने अध्यक्ष न्यौपानेले बताउनु भयो ।

अचानक आएको पानीको बहावले उद्योगका कच्चा पदार्थ, तयारी बस्तु र विधुतीय सामानहरुमा क्षति पुर्याएको पाएका छौ । पानीले अधिकांस उद्योगको मेसिनहरु बिगारेकोले मर्मत र प्रतिस्थापन नगरी उद्योग चलाउन सक्ने अवस्था छैन, जसको कारण उद्योगीले उद्योग बन्द नै गर्नु पर्ने अवस्था छ  उपसचिव शर्माले भन्नुभयो । 

यस क्षेत्र लामो समय पछि ठूलो मात्रामा पानी आएर उद्योग व्यवसाय तथा घरहरुमा डुबानले  प्रभावित बनाएको  थियो । अत्याधिक पानी पर्नु पानीको निकाश सागुरो हुनु र अव्यवस्थित शहरीकरणले पनि बाढी निम्त्याएको आकलन गरिएको छ ।  एक्कासी आएको बाढीका कारण समानहरु जोगाउन नसक्दा नोक्सानी हुन पुगेको छ ।  वर्षेनी पानी पर्दा समेत केही घण्टामा नै निकास हुन्थयो तर यस पटक दर्जन बढि उद्योग व्यवसायमा नै क्षति गराएको छ ।


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार