Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रहरीले जोखिम मोलेर चलाएको यस्तो थियो १० दिन लामो ‘अप्रेशन कोक’


  • लुम्बिनी चिन्तन
  • भाद्र १५, २०७८ मंगलवार
  • 830
    SHARES

प्रहरीले जोखिम मोलेर चलाएको यस्तो थियो १० दिन लामो ‘अप्रेशन कोक’

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई अन्तर्राष्ट्रिय समकक्षीमार्फत ३ भदौमा एउटा सूचना आउँछ । रिफरल नेपाल लेखिएको त्यो सूचना कोकिन तस्करीसम्बन्धी ‘इन्टरलिंक’ को थियो । 

एनसीबीले पाएको सूचनामा दक्षिण अफ्रिकाबाट एक महिला कोकिनसहित दोहा भएर काठमाडौं आउने र पाँच दिन बसेर फर्कने भन्ने थियो । युवतीको नाम शिर्ले गामा र राहदानी नम्बर एजिरो ९२६७५१३ जेडएएफ उल्लेख थियो ।

सूचनाअनुसार गामा अफ्रिकाबाट कतार एयरवेजको फ्लाइट नम्बर १३७० मा आएकी थिइन् । उनी दोहाबाट फ्लाइट नम्बर ६४६ मा काठमाडौं आउने र यही फ्लाइटमा फर्कने सूचना एनसीबीले पाएको थियो । 

एनसीबीलाई यो सूचना गामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको केही घण्टामा आएको थियो ।  तत्काल विमानस्थलमा बुझ्दा गामालाई पूर्ण जाँचसहित उनले बोकेको लगेजको ‘डग स्निफङ’ तालिम प्राप्त कुकुरबाट सुघाउने समेत गरिएको थियो । तर उनको लगेजमा केही शंकास्पद भएको संकेत देखिएन । र उनी सजिलै विमानस्थलबाट बाहिरिइन् । 

एनसीबीले यसअघि गरेको कारबाहीमा नेपालीहरु कोकिनसहित पक्राउ परेका थिए । यो घटनाले नेपाल भित्रिएको कोकिन त्यसबेला प्रहरीले ‘ट्रेस’ गर्न नसकेको प्रष्ट पार्छ । यसपटक एनसीबीका प्रमुख एसएसपी हृदय थापा जोखिम मोलेर भए पनि कोकिन तस्करीको चेन भत्काउने योजनामा थिए । 

एनसीबीले पाएको सूचना ढिलो आइपुुगेको थियो । तर पनि एसएसपी थापा र एसपी जीवन श्रेष्ठले हिम्मत हारेनन् । अब एक जना विश्वासिला डीएसपीलाई मोनिटरिङको जिम्मा दिँदै एनसीबीका आधा दर्जन टोली गामा जाने सम्भावित होटलको खोजीमा जुट्छ । 

ठमेल, लाजिम्पाट र दरबारमार्गका दर्जनौं होटल चहारेपछि अन्तमा एनसीबीको टोलीले गामालाई कमलपोखरीस्थित गंगौर रिजेन्सी बुटिक होटलमा फेला पार्छ । 

एनसीबीबाट खटिएका छद्मभेषका अधिकारीहरु लगातार उनको निगरानी गरिरहन्छन् । गामा आएको केही दिन खासै मुुभमेन्ट हुँदैन । प्रहरी अधिकारीहरु भने गामाले अफ्रिकाबाट ल्याएको ‘माल’ लिन आउने ब्यक्तिको प्रतीक्षा गरिरहेका हुन्छन् । एक दिन अचानक गामा तयार भएर बाहिर निस्कन्छिन् । प्रहरीले उनलाई पछ्याउँछ । 

गामा दरबारमार्ग पुग्छिन् । त्यहाँ उनलाई अर्की नाइजेरियन युवतीमार्फत निगरानी गर्न भनिएको रहेछ । अप्रेशन कोकका विषयमा  एसएसपी थापाले सुनाए । उनका अनुसार पछिल्लो दुई वर्षदेखि विद्यार्थीको आवरणमा काठमाडौंमा डेरा जमाएकी तान्जेनियाकी युवती गर्टरियुड लियोनार्ड किमारोलाई गामाको निगरानीका लागि पठाइएको रहेछ । 

‘किमारोको सूचनापछि माल डेलिभरी हुने माफियाको योजनाअनुसार भारतीय नागरिक आएका रहेछन्,’ एसएसपी थापाले भने, ‘हामीले यी घटनाक्रमका धेरै विषय उनीहरु पक्राउ परेपछि मात्र थाह पायौं ।’ 

अब, गामालाई माल डेलिभरी दिनु भन्ने सूचना आयो । उनले आफ्नो सुटकेशमा फल्स बटम बनाएर ल्याएको करिब तीन केजी कोकिन भारत बैङलोर किडाथी कर्नाटक ठेगाना भएका वर्ष ३३ का विजय सिंहलाई दिनु थियो । प्रहरीले ८ भदौमा गामा र सिंहलाई बरामद कोकिन सहित पक्राउ गर्यो । 

‘गामाले विमानस्थलमा भएको सरक्षा जाँचका विषयमा माफियालाई जानकारी गराएपछि किमरोलाई निगरानीका लागि पठाइएको रहेछ,’ एसएसपी थापाले भने, ‘तर यसबीच किमरो भागेको चाल पाएपछि हामीले उनलाई सिन्धुलीबाट नियन्त्रणमा लियौं ।’

एनसीबीका अनुसार सिंह बाहेक सोमबारमात्रै यही सिण्डिकेटमा रहेकी एक नाइजेरियन महिला दिल्लीमा पक्राउ परेकी छन् । उनलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै सिण्डिकेटमा जोडिएका अर्का युवाको भारतमै खोजी जारी छ । 

एनसीबीले चलाएको १० दिन लामो यो कारबाही निकै जोखिमपूर्ण थियो । गामालाई थोरैमात्र शंका लागेको भए उनले कोकिन ‘डिस्पोज’ गर्न सक्थिन् । अर्को भनेको प्रहरीको सानो गल्ती भए कोकिन डेलिभरी हुन सक्थ्यो । 

एसएसपी थापाका अनुसार भारत लैजान कोकिनको ट्रान्जिट नेपाल भएको यो घटनाले देखाएको छ । यस्तै ल्याटिन अमेरिकी देशका नागरिक लगातार पक्राउ पर्न थालेपछि अफ सिजनमा अफ्रिकी नागरिकलाई तस्करीमा प्रयोग गरिएको छ । पर्दाफासबाट साभार


लुम्बिनी चिन्तन

थप समाचार