परासी। मंगलबारबाट परेकाे अविरल बर्गाका कारणा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेका सरकारी कार्यालयका कागजात बाढीका कारण नष्ट भएका छन् ।
बाढिका कारण परासी क्षेत्र डुबानमा परेपछि कार्यालयकाे सेवा संञ्चालन अवरूद्ध भएकाेछ, कागज पत्र तथा कार्यालय संचालनका लागि सरसपफाइ तथा कागजपत्र व्यवस्थित नभए सम्म काम गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकताका अनुसूची, अभिलेख रजिष्ट्रर, मुद्धाका मिसिल, संघ संस्था दर्ता लगाएत प्रशासन फाँटका महत्वपूर्ण कागजपत्र नष्ट भएको छ । भुई तलाँका सबै कम्प्युटर प्रिन्टर लगाएतका समाग्रि नष्ट भएको छ ।
नापि कार्यालयमा पनि लेदो सहितको माटो जमेका कारण सरसफाईमा समय लाग्ने भएकाले कार्यालय बन्द गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको कम्पाउन्ड वाल, सेवाग्राही बस्ने ट्रष्ट बाढिले बगाईदिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्र प्रसाद भुषालले बताउनुभयो ।
जिल्लाको विद्युत प्राधिकरण परासी वितरण केन्द्र, कृषि ज्ञान केन्द्र लगाएत रामग्राम नगरपालिकाका विभिन्न वडा कार्यालयमा बाढिले क्षति पुर्याएका कारण सेवा प्रवाह संञ्चालन हुन सकेकाे छैन ।