Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाढी पहिरोको कारण चार दिनयता १२ जनाको मृत्यु, ३ वेपत्ता, ९ घाइते


  • लुम्बिनी चिन्तन
  • भाद्र १५, २०७८ मंगलवार
  • 826
    SHARES

बाढी पहिरोको कारण चार दिनयता १२ जनाको मृत्यु, ३ वेपत्ता, ९ घाइते

काठमाण्डाै । बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार करिब ५ हजार घर डुबानमा परेका छन् । ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । केही दिनदेखिको वर्षाले पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, दाङ, काभ्रे, सुर्खेत, पाल्पा, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, उदयपुर, सिरहा, सर्लाही, रौतहट, धनुषा, झापा लगायतका जिल्लामा बढी असर गरेको छ ।

बाढी पहिरो पीडितलाई पालिकामार्फत उद्धार र राहतको काम भइरहेको अर्यालले जानकारी दिनुभयो । उद्धार र राहत आवश्यक परेमा नजिकको प्रहरी र आफ्नो पालिकामा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार