Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीलाइ लक्षित गर्दै कोलम्बो–काठमाण्डौ सिधा उडान आजबाट हुने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा


  • लुम्बिनी चिन्तन
  • भाद्र १५, २०७८ मंगलवार
  • 1.1K
    SHARES

लुम्बिनीलाइ लक्षित गर्दै कोलम्बो–काठमाण्डौ सिधा उडान आजबाट हुने

भैरहवा । लुम्बिनीलाइ लक्षित गर्दै कोलम्बो–काठमाण्डौ सिधा उडान आजबाट हुने भएकाे छ ।  श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले आज देखि  हरेक मङ्गलवार र शनिवार काठमाण्डौ–श्रीलङ्का सिधा उडान गर्ने भएको हाे ।

श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै याे उडान सुरु गर्न लागिएको छ। श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ–कोलम्बो उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ । 

प्राधिकरणका अनुसार आज बिहान ९ बजेर ४० मिनेटमा श्रीलङ्कन एअरको पहिलो उडान श्रीलङ्काबाट काठमाण्डौ आइपुग्नेछ । १ सय ४० जना यात्रु लिएर आउनेछ ।

एअरलाइन्सले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या हप्तामा भन्ने यकिन भइसकेको छैन । 

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । यस्तै भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ । 

श्रीलङ्काको कुल जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलङ्का प्रमुख पाँच देशभित्र पर्छ । अहिले श्रीलङ्कन एअरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एअरलाइन्सले आउँदो सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार